नेकपाद्वारा चितवनको माडीमा १६ बिघामा धान रोपाइँ सम्पन्न

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी चितवनले माडीमा १६ बिघा जमिनमा धान रोपाइँ सम्पन्न गरेको छ। नेकपा उत्पादन बिभाग अन्तर्गत माडी शाखाले आजबाट रोपाइको काम सम्पन्न गरेको नेकपा नेता सन्देश सीले जानकारी दिएका छन्।

आत्मनिर्भर पार्टी, आत्मनिर्भर नेताकार्यकर्ता र जनता तथा श्रम,संघर्ष र रुपान्तरणको प्रमुख लक्षसहित देशव्यापी उत्पादन गरिरहेको छ। त्यस्तै नेकपा चितवनले माडीमा ५ थरीका धान रोपेको नेता सन्देश सीले जानकारी दिएका छन्।

नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य सन्देश सीले माडी शाखाको नेतृत्व गरिरहेका छन्। उनले यसअघि उक्त शाखामा तोरी खेती, तरकारी खेती, माछा पालन,बाख्रा पालन, मह उत्पादन, मकै खेती लगायतका उत्पादन गर्दै आएका छन्।

नेकपा नेता सन्देशले सामाजिक सञ्जाल फेसबुक मार्फत माडी शाखाद्वारा सञ्चालित उत्पादन कार्यमा सहयोग गर्ने पार्टीका विभिन्न समितिहरुलाई धन्यवाद समेत व्यक्त गरेका छन्।

नेता सन्देश सीले भनेका छन्- “राेपाईमा सहयोग गर्ने पार्टी केन्द्रिय कार्यालय , चितवन , काठमाडौ , ललितपुर , भक्तपुर , मकवानपुर , धादिङका पार्टी समितिहरू महिला संगठन , सांस्कृतिक महासंघ , युवा , विद्यार्थी , मजदुर , शिक्षाक,समाजवादी मञ्चका कमरेडहरू साथै माडीका श्रमिक , कृषि विज्ञ , छिमेकी , वुद्दिजिवी , सघसंस्था सञ्चार कर्मी लगायत सबैलाई धन्यवाद।