रामदत्त जोशी एआईजी बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका डीआईजी रामदत्त जोशी एआईजीमा बढुवा सिफारिस भएका छन्। एआईजी उमेशराज जोशीले असार १९ गते अनिवार्य अवकास पाएपछि रिक्त दरबन्दीमा गृहमन्त्रालय अन्तर्गत बढुवा समितिको बैठकले जोशीलाई बढुवा गर्न सिफारिस गरेको हो।

जोशी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत छन्। हाल कार्यरत डीआईजीको बरियतामा पनि उनी नै पहिलो नम्बरमा थिए। बढुवा समितिले बरियता अनुसार नै सिफारिस गरेको हो।

यसअघि उक्त कोटामा पोषराज पोखरेललाई बढुवा गर्न सिफारिस गरिएको थियो। तर उनलाई अवकासको अघिल्लो दिन बढुवा गर्ने प्रयास सरकार परिवर्तनले सफल भएन । उनी डीआईजीमै अवकास भइसकेका छन्।

एआईजी भएपनि उनी २१ गतेबाट अवकास हुने थिए। उनीहरु २०५१ चैत ५ गते प्रहरी निरीक्षकमा भर्ना भएका जोशी उमेर हदका कारण आगामी कात्तिक १८ गते अनिवार्य अवकास हुनेछन्। जोशी एआईजीमा बढुवा सिफारिस भएसँगै नेपाल प्रहरीमा दुईजना डीआईजीको दरबन्दी रिक्त भएको छ।