महिला एसिया कप क्रिकेट: आज नेपाल र भारतबीच प्रतिस्पर्धा

काठमाडौं। एसीसी महिला एसिया कप क्रिकेटमा आज नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ। समूह चरणको अन्तिम खेलमा नेपालले भारतसँग खेल्ने भएको हो।

खेल नेपाली समय अनुसार साँझ सवा ७ बजे श्रीलंका स्थित दाम्बुला स्टेडियममा शुरु हुनेछ। पछिल्लो खेलमा पाकिस्तानविरुद्ध ९ विकेटको हार बेहोरेको नेपाललाई सेमिफाइनलमा पुग्नका लागि यो खेल जित्नु पर्ने दबाब छ।

समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा यूएईलाई ६ विकेट पराजित गरेको थियो। भारत २ खेलमा जित निकाल्दै समूहको शीर्ष स्थानमा, पाकिस्तान एक जितसहित दोस्रो स्थानमा र नेपाल समान एक जितसहित तेस्रो स्थानमा छ। दुई खेल हारेको यूएई अंक तालिकाको पुछारमा छ।