नेकपाद्वारा डोटीमा ५ सय बेर्ना सुन्तलाका वृक्षारोपण

डोटी। नेपाल कम्युनिस्ट पार्टी डोटीले ५ सय बेर्ना सुन्तलाका वृक्षारोपण गरेको छ। जिल्लाको बडीकेदार गाउँपालिका वडा न ३ को बिठारामा सुन्तला बेर्नाको वृक्षारोपण गरिएको नेकपा केन्द्रिय सदस्य एवम् जिल्ला इन्चार्ज बिमलले जानकारी दिएका छ्न्।

नेकपाको देशव्यापी उत्पादन अभियान अन्तर्गत पार्टीका नेताकार्यकर्ता र पार्टीको आत्मनिर्भरताको उदेश्य अनुसार नेकपा डोटीले सुन्तला वृक्षारोपण गरेको बताइएको छ।

नेपाल कम्युनिस्ट पार्टीले सुदुरपश्चिमका तराईका जिल्लाहरुमा धानखेती गरिरहेको छ भने पहाडी र मध्य पहाडका जिल्लामा फलफुल, तरकारी खेती, बाख्रापालन लगायतका नगदे बालीको सामुहिक ढङ्गले उत्पादन गरिरहेको छ।

डोटी जिल्ला सुन्तला उत्पादनका हिसाबले सुदुरपश्चिमकै निकै राम्रो सम्भावना भएको जिल्ला मानिन्छ भने त्यहाँबाट उत्पादित सुन्तला रसिलो, मीठो हुनुका साथै धनगढी, नेपालगन्ज, काठमाडौ र भारतका सिमा क्षेत्रमा समेत बिक्रि बितरण हुने गरेको स्थानीयहरु बताउँछन्।