लुम्बिनी प्रदेशमा कांग्रेस-एमालेका यी नेता बन्दैछन् मन्त्री

काठमाडौं। लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले आज शपथ लिँदै छन्। उनले बिहान साढे ८ बजेपछि शपथ लिने तय भएको हो।

नयाँ सरकार बन्ने भएसँगै सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसले मन्त्रीहरूको नाम पनि टुंगाएका छन्। एमालेबाट रुपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, पाल्पाका खेमबहादुर सारु मगर र दाङकी सीता शर्मा चौधरी मन्त्री बन्ने पक्का भएको छ।

कांग्रेसले पनि मन्त्री बन्नेहरूको नाम पनि टुंगो लगाएको छ। कांग्रेसबाट ५ जना मन्त्री बन्दै छन्, जसमा बर्दियाका जन्मजय तिमिल्सिना,गुल्मीका धनेन्द्र कार्की, प्यूठानका सरोज थापा, दाङका प्रचण्डविक्रम न्यौपाने र बाँकेका बादशाह कुर्मीलाई मन्त्री बनाइने भएको छ।

मन्त्रीहरूलाई कुन कुन मन्त्रालय दिने भन्ने टुंगिन बाँकी रहेकाले सबैलाई बिना विभागीय मन्त्रीको शपथ आजै खुवाउने तयारी गरिएको छ।