सौर्य एयरको जहाज दुर्घटनामा १८ जनाको मृत्यु

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले १८ जनाको मृत्यु र एक जना घाइते भएको जनाएको छ।

प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा आगलागी नियन्त्रणमा लिई १८ शव संकलन गरिएको उल्लेख छ ।

   दुर्घटनामा परेको जहाजमा सबै सौर्य एयरकै कर्मचारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको जहाजमा सबै यात्रु सौर्य एयरलाइन्सका कर्मचारी रहेको खुलेको छ ।

बिहान ११ बजे पोखराको लागि उडान गर्ने क्रममा बुद्ध एयरको ह्याङ्गर पछाडी खाली ठाउँमा खसेको जहाजमा सवार चालक दलका २ सदस्यसहित १९ जना नै आफ्नो कर्मचारी रहेको सौर्य एयरलाइन्सले जानकारी दिएको छ ।

सौर्य एयरलाइन्सकै मर्मत सम्भारका इन्जिनियर तथा प्राविधिकहरुको टोली रहेको बुझिएपनि आधिकारी विवरण आउन बाँकी रहेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले जानकारी दिए ।

सौर्यको ९ एन–एएमई÷सीआरजे २०० कलसाइनको जहाज बुधबार बिहान ११ः१५ मिनेटमा दुर्घटनामा परेको थियो । जहाज रनवे ०२ तर्फबाट उडेको र पूर्वतर्फ रनवे २० नजिकै दुर्घटनामा परेको विमानस्थलले जनाएको छ ।

जहाजमा रहेका क्याप्टेन ३७ वर्षीय मनीष शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा लगिएको छ । उनको आँखामा चोट लागेको छ, भने उनी बोल्ने सक्ने अवस्थामा रहेको एसएसपी मैनालीले बताए । उनका अनुसार घटनास्थलबाट निकालिएका शवहरू त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।