विमान दुर्घटनाबारे छानबिन हुन्छ: पर्यटनमन्त्री बद्री पाण्डे

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे सरकारले छानबिन गर्ने भएको छ।

बुधबार विमान दुर्घटनालगत्तै घटनास्थल पुगेर निरीक्षण गरेका संस्कृति पर्यटन तथा उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले घटनाबारे विस्तृत छानबिन हुने बताएका छन्।

मन्त्री पाण्डेले दुर्घटनामा घाइते भएका पाइलटको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै ज्यान गुमाएकाहरूको परिवारप्रति संवेदना व्यक्त गरेका छन्। घटनाको निरीक्षण गर्न प्रधानमन्त्री केपीशर्मा ओली र गृहमन्त्री रमेश लेखक पनि दुर्घटनास्थल पुगेका थिए।