‘भेँडो’ राजनीतिक दलका कारण खेतीयोग्य जमिन सखाप,एकातिर जनतालाई मँहगीको मार,अर्कोतिर देश कंगाल  

मानव अन्नबिना बाँच्न सक्दैन्। अन्न फल्ने जमिनमा हो। पहिलेपहिले भन्ने गरिन्थ्यो,असारमा मानो रोप्ने,मंसिरमा मुरी फलाउने। घरमा कोही मर्यो भनेपनि कपडाले छोपेर खेतीपाती गर्न जाने गरिन्थ्यो। बिरामी भएपनि भोलि उपचार गर्न जाऊँला भनेर रोपाइँमा जान्थें।

२०३५ सालसम्म नेपालमा खाद्यान्न आयात हुँदैन्थ्यो। यही फलेको खाद्यान्न खाइनसक्नुहुन्थ्यो। खाद्यान्नमा नेपाल आत्मनिर्भर थियो। अन्य देशलाई नेपालले खाद्यान्न बेच्थ्यो, अनुदान दिन्थ्यो। त्यतिबेला नेपाली रोगी थिएनन्। बेरोजगारी पनि थिएनन्। आफ्नै खेतमा कृषि गर्थें।

आफ्नै खेतमा उब्जिएको खाद्यान्न खाने भएकाले विषादीको चिन्ता लिनुपर्दैनथ्यो। सबै अर्गानिक हुन्थ्यो । स्वास्थ्य खाने भएपछि स्वास्थ्य रहने त भई नै हाले। यता, जतिबेला पनि आफ्नो खेतबारीमा काम गर्थे । त्यसैले उनीहरुलाई एक्ससर्साइज पनि हुन्थ्यो। अहिले त अब कुर्सीमा बसेर काम गर्ने जमाना आयो।

जसका कारण धेरैलाई विभिन्न रोग देखिएको छ । त्यतिबेला व्यापार घाटा थिएन्। २०४२ सालदेखि जग्गा माफियाले खेतीयोग्य जमिन प्लानिङ्ग गर्न शुरु गरे। खण्डीकरण गर्न थाले । जग्गा दलालीहरुले रोपनीको लाख रुपैयाँमा जग्गाधनीसँग खरिद गरेर आनाकै ठाउँ हेरेर ६०–७० लाखमा बेचे।

सरकारले जग्गा प्लानिङ्ग गर्न भटाभट स्वीकृति दियो। जग्गाको भाउ आउने भएपछि भूमाफियाहरुले सरकारी, गुठी, सार्वजनिक, तालपोखरी, मठमन्दिरको जग्गा दर्ता गरे । भूमाफियाहरुले जग्गाको व्यापार थाले । अन्नबाली फल्ने एकमात्र स्रोतलाई व्यापार गर्ने थलो बनाइयो।

जमिनको व्यापार हुन थालेपछि अन्नबालीचाँहि कहाँ फलाउने ? देशमा खाद्यान्नको संकट आउन सक्छ । जनता भोकभोकै बस्नुपर्ने हुन्छ । हामीले यसरी धमाधम जग्गा प्लानिङ्ग गर्न दिनुहुन्न भन्ने कुरा सरकारले सोचेन् । उब्जनी हुने जग्गामै बाटो र घर । जताततै कंक्रिट देखिन थालेको छ।

घर र बाटो गर्दा गर्दै उब्जनी हुने जमिन सकिसक्यो । व्यक्ति, बैंक तथा वित्तिय संस्थाले यही घरजग्गामा लगानी गरे । दिनको दुई गुणा र रातको चौगुणा नाफा हुने भएकाले सबैको ध्यान घरजग्गातर्फ केन्द्रीत भयो । कहाँ लगानी गर्ने ? भन्दा घरजग्गामा । जसका कारण अस्तव्यस्त शहर बन्यो ।

नेपालको विकास भनेको घरैघरको शहर हो । जता हेर्यो घर । चेपिचेपि घर बनाइएको छ । रुखविरुवा, हरियाली कतै छैन् । कतै एकछिन बसौं, आराम गरौं भन्ने अवस्था यहाँ छैन् । घरघरैका कारण हिँउदमा गर्मीले बसिनसक्नुहुन्छ । श्वास फेर्नसमेत महामुश्किल पर्छ । बाहिर निस्कियो भने धुलोले हिँड्न सक्दैन् ।

बर्खामा पानी जाने ठाउँ नभएर डुबानमा पर्छ । आकाशबाट परेको पानी सोस्ने माटोले हो । तर, सर्वत्र ढलान भएपनि पानी कहाँ जाओस् ? घरभित्रै पानी छिर्छ, बर्खामा । अव्यवस्थित शहर बसाउँदा पानीको मुल सुक्दै गएको छ । सरकार राजश्वको लोभमा फस्दा यो समस्या निम्तिएको हो।

घरजग्गाबाट उठ्ने राजश्व मात्र देख्यो सरकारले। जग्गालाई प्लानिङ्ग गर्न दिनुहुन्न, त्यहाँ उब्जनी गर्नुपर्छ भन्ने सोचेन् सरकारले। घरजग्गाबाट उठेको राजश्वले त व्यापार घाटा थेग्दैन्। अनि के फाइदा भयो ? व्यापार घाटा वर्षेनि बढ्दै गएको छ। हरेक खाद्यान्न अर्काको देशबाट आयात गर्नुपरेको छ।

यता, नेपालीले मँहगो मूल्य तिरेर उपभोग गरिरहनुपरेको छ। त्यो पनि शुद्ध छैन्। सबै खाद्यान्नमा विषादीको प्रयोग भएको छ। जसले गर्दा नेपाली रोगी बन्दै गएका छन् । बेरोजगारी दर ह्वात्तै बढेको छ। यहाँ रोजगारी नहुँदा नेपाली विदेश पलायन भएका छन्, पलायन हुने क्रम जारी छ।

जमिन नमासेको भए त खेती किसानी गरेर खान सकिन्थ्यो। मुलुकभित्र उब्जनी भएको सामानको प्रयोग गरिन्थ्यो। बाहिरबाट आयात गरिरहनुपर्दैन्थ्यो । नेपालमा दुईटा कुराले प्राथमिकता पायो । पैसा हुनेले जग्गा किनेर घर बनाउने, भाडामा लगाउने। पैसा नहुने भाडामा बस्ने।

भाडा आउने भएपछि कामै नगर्ने। घरभाडाले आरामसँग गुजारा चलिहाल्छ। गाउँ रित्तियो, सदरमुकाम र शहर भरियो । कोठा भाडा लिएर बस्ने क्रम बढ्यो। केही काम गर्ने अनि बहालमा बस्ने। सरकारले जनतालाई उनीहरुको जन्मथलोमै रोक्न सकेन्। त्यो अहिले मुलुकको लागि समस्या बन्यो।

गाउँमा सरकार छ भन्ने महसुश गराउनै सकेन् सरकारले। छिटोछरितो सेवासुविधा नदिने। आज पनि कतिपय ठाउँमा अस्पताल बनेको छैन्। अस्पताल बनेपनि डाक्टर छैनन्। बिजुली पुगेको छैन्। बाटोघाटो छैन्। शिक्षामा पनि गाउँघर पछाडि छ। अनि गाउँमा को बस्छ ? सेवासुविधा पुर्याइदिएको भए जिल्लाका सदरमुकाम र काठमाडौं उपत्यका भरिँदैन्थ्यो।

काठमाडौं र सदरमुकाममा घरैघर बन्दा गाउँको घर जीर्ण बनेको छ। त्यहाँ कोही छैन्। उनीहरु आफ्नो जमिन बाँझो छोडेर सदरमुकाम र शहर पसेका छन् । कतै जग्गामा घरैघर, कतै बाँझै । अनि व्यापार घाटा नबढेर के बढ्छ ? हामीले अर्काको देशलाई धनी बनाइरहेका छन्।

हामी त कंगाल बन्यौं। अरु देशले नेपाललाई व्यापारको थलो बनाएका छन्। उनीहरुले प्रयोग गरेर बाँकी भएको सामान हामीलाई बेचिररहेका छन् । भोलि अन्य मुलुकले खाद्यान्न दिँदैनौं भनेमा नेपाली भोकभोकै मर्छन्। अहिले सबैको पैसा गएर घरजग्गामा फसेको छ । बैंक,सहकारी, लघुवित्त त घरजग्गाले गरेरै डुब्यो ।

अब के नेपालीले डण्डी टोक्ने ? ईंट्टा चपाउने ? फलाम निल्ने ? हाम्रा राजनीतिज्ञ कतिसम्म दिमाग नभएका रहेछन् ? भन्ने त स्पष्ट भइहाल्यो । छिमेकीहरुले जे जे भने, राजनीतिज्ञले त्यहीत्यही गरे । छिमेकीलाई पोस्नका लागि यहाँ भएका उद्योग पनि बन्द गराए ।

उनीहरुले दीर्घकालीन सोचेनन् । छिमेकीले नेपालमा बाटो बनाइदिने भने, हामी मख्ख पर्यो । त्यो बाटोमा गुड्ने गाडी कसको ? उनीहरुकै होइन् ? उनीहरुले त आफ्नो देश र त्यहाँका जनतालाई बलियो बनाए । विकास गरिदिएझैं गर्ने अनि आफ्नो व्यापार गर्ने काम भयो । नेपालको जमिनसमेत छिमेकीले मिचिरहेका छन् ।

अलिअलि गर्दै उनीहरुले नेपालको भूभाग कब्जा गरिरहेका छन्। खाने मुख बढिरहेको छ, जमिनको संख्या घटिरहेको छ । अहिले सबैभन्दा मँहगो खाद्यान्न छ । छिमेकीले जति भन्यो, हामीले त्यति नै तिरेर खानुपरेको छ । सरकारले नेपाललाई आज पनि कृषिप्रधान देश भन्छ । सबै खाद्यान्न बाहिरबाट आयात गर्नुपरेको छ, के को कृषिप्रधान देश ?

नेपाल श्रमिकप्रधान देश बन्दै गएको छ। अहिले घरजग्गाको कारोबार ठप्प छ । किनबेच भए त राजश्व उठ्ने हो । घरजग्गामा गरिएको लगानी त अहिले ‘वालुवामा पानी’ झैं बनेको छ । बजारमा व्यापक आर्थिक मन्दी छ । काम पाइरहेको छैन्। गरिब भोकभोकै मर्ने भइसके।

मँहगीले गर्दा जनताको ढाड सेकिएको छ। अब गरिबले कसरी खाने ? पैसा हुनेहरुले त जति भाउ बढेपनि खालान्, गरिब भोकभोकै गर्नुबाहेक विकल्प छैन् । जनता सरकार र दलालीको कारण मर्ने भए। सरकारले आफू पुर्ने खाल्डो आफैंले खन्यो। मरुभूमि देशको विकास आज हामीले देखेकै छौं।

त्यहाँको सरकारले योजना बनाएर मुलुकलाई माथि ल्यायो। देशलाई आत्मनिर्भर बनायो, त्यहाँको सरकारले। हाम्रोजस्तो सबै कुरा भएको देशलाई तहसनहस बनाइयो। प्राकृतिक हिसाबले नेपाल धनी छ । यहाँ पानी पनि प्रशस्तै छ। उब्जनीयुक्त माटो थियो। तर, राजनीतिक दलहरु ‘भेडा’ हुँदा नेपाल मरुभूमिभन्दा पनि पछाडि पर्यो।