नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

काठमाडौं। चितवनमा नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

भरतपुर महानगरपालिका–८ अशोक चोकमा नम्बर नखुलेको सवारीले मोटसाइकललाई ठक्कर दिँदा चालक भरतपुर महानगरपालिका–७ स्थित प्रेमबस्तीका ५० वर्षीय चण्डी प्रसाद अधिकारीको मृत्यु भएको हो।

बिहीबार साँझ ८ बजे दुर्घटनामा परी गम्भीर घाइते भएका अधिकारीको उपचारका क्रममा नयाँ मेडिकल कलेजमा आज बिहान २ बजे मृत्यु भएको चितवन प्रहरीले जानकारी दिएको छ। ठक्कर दिने सवारी साधनको खोजतलास भइरहेको चितवनका सूचना अधिकारी भेषराज रिजालले जानकारी दिए।