कक्षा १२ को नतिजा आगामी साता सार्वजनिक गर्ने तयारी

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आगामी साता सार्वजनिक गर्ने तयारी गरेको छ। परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले हाल म्याचिङ र प्रोसेसिङको काम भइरहेको भन्दै आगामी साता नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको बताए।

गत वैशाखमा भएको परीक्षामा चार लाख ९६ हजार विद्यार्थी सहभागी भएका थिए। बोर्डका अनुसार नियमिततर्फ तीन लाख ९० हजार र ग्रेडवृद्धितर्फ एक लाख ६ हजारले परीक्षा दिएका छन्।