खोलामा डुबेर दुई किशोरीको मृत्यु

दैलेख। दैलेखको छामघाट खोलामा डुबेर दुई किशोरीको ज्यान गएको छ। उनीहरुको पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको हो।

जिल्लाको महावु गाउँपालिका ३ स्थित छामघाट खोलामा पौडी खेल्ने क्रममा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ। शुक्रबार छामघाट खोलामा पौडी खेल्ने क्रममा डुबेर उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक दीपेन्द्र मगरातीले जानकारी दिए।

उनीहरू बाख्रा चराउन छामघाट खोला पुगेका थिए। जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार मृत्यु हुनेमा महाबु गाउँपालिका ३ अमार्सेकी अन्दाजी १४ वर्षीय भावना बुढा र अन्दाजी १६ वर्षीय सपनाकुमारी बुढा छन्।