बैंक,वित्तिय संस्थाका लागि गोली बन्यो दुर्गा प्रसाईको बोली 

पछिल्लो समय विवादस्पद मेडिकल व्यवसायी दुर्गा प्रसाई निकै चर्चामा छन्। बच्चादेखि बुढोसम्मको मुखमा उनकै नाम सुनिन्छ । तर, उनी न त कुनै जनयुद्धको कमाण्डर हुन् न त मुलुकको प्रधानमन्त्री नै भइसकेका व्यक्ति। प्रसाई साधारण व्यक्ति नै हुन्। यद्यपि, उनले सर्वसाधारण जनताले भागेका पीडा बोलिदिए।

उनले बैंक तथा वित्तिय संस्थाविरुद्ध आवाज उठाए । बैंक, सहकारी, लघुवित्त जनता ठग, दलाली हुन् भनेर भनिदिए । त्यसपछि उनलाई चारैतिरबाट आम नागरिकले साथ दिन शुरु गरेका हुन् । बैंक तथा वित्तिय संस्थाका कारण लाखौं जनता सुकुम्बासी भएका थिए । धेरैलाई आत्महत्या गर्नुपर्ने अवस्थामा पुर्याएको थियो।

राजनीतिक दलका नेता वा सरकारका निकायहरु बैंक, वित्तिय संस्थाको यस्तो लुटधन्दाविरुद्ध बोल्न सकेनन् । प्रसाईंले भने बोले । उनले बोल्न शुरु गरेपछि सहकारी, लघुवित्तका अध्यक्ष, सञ्चालकहरुको भागाभाग भयो त बैंकका सञ्चालकहरु अर्थमन्त्री, प्रधानमन्त्री, गर्भनरको शरणमा पुगे । अहिले देशभरका सहकारी समस्याग्रस्त छन् ।

धेरै सहकारी भागेका वा डुबेका छन् । नभागेका सहकारीले पनि बचतकर्ताको रकम फिर्ता गर्न सकेका छैनन् । सहकारीजस्तै अवस्थामा पुगेको छ अहिले बैंक । बैंकको कर्जा प्रवाह शून्य भएको छ । यसले अधिकांश बैंक टाट पल्टिने अवस्थामा पुगेका छन् । त्यसमाथि प्रसाईंको बोलीका कारण बैंकिङ्ग क्षेत्र तंरगित भएको छ ।

बैंकका सञ्चालक, अध्यक्षहरु दिनहुँ अर्थमन्त्री, प्रधानमन्त्री र गर्भनर भेट्न पुग्छन् । दुर्गा प्रसाईं एउटा व्यक्ति मात्र हुन् । तर, सर्वसाधारण जनता सरकारभन्दा बढी विश्वास उनलाई गर्छन् । किनकि उनले जनताको पीडा, दुःख बाहिर ल्याइदिए । बैंक बचतकर्तालाई तीन प्रतिशत ब्याज दिएर ऋणीसँग ७५ प्रतिशतसम्म ब्याज लिदै आएको थियो ।

यतिमात्र होइन बैंकका सञ्चालक, अध्यक्षहरुले करोडको धितो राखेर बीस लाख ऋण दिने, त्यसमा पनिपाँच लाख घुस खाने, सेवाशुल्क दुई÷तीन प्रतिशत र ब्याज पनि चर्को असुल्ने । पछिल्लो तीन वर्षमा देशमा सोच्दैनसोचेका कुराहरु भए । मुलुकभरका सहकारी भागे । लघुवित्त, फाइनान्सहरुमा पनि उत्तिकै समस्या आयो ।

अहिले बजारमा व्यापक चर्चा छ कि आगामी एक वर्षमा धेरै प्राइभेट बैंक भाग्ने छन्, बन्द हुनेछन् । बैंकहरुमा समस्या देखिन थालिसकेको छ । बैंक कर्मचारीलाई तलब खुवाउन नसक्ने अवस्थामा पुगिसक्यो । घरभाडा तिर्न सकेको छैन । राज्यलाई राजस्व तिर्न सकेको छैन । किनकि बैंकको कर्जा प्रवाह शून्य नै भएको छ ।

कर्जा नै नगएपछि बैंकले नाफा कसरी कमाउँछ ? अनि नाफा नकमाएपछि कसरी सेयर होल्डरहरुलाई बोनस दिन्छ ? दुर्गा प्रसाई माडवाडीहरुले देश कंगाल बनायो भन्दै आएका छन् । अहिले नेपालमा जतिपनि प्राइभेट बैंक सञ्चालनमा छन्, ती सबैमा माडवाडीहरुकै लगानी छ । यसले आम सर्वसाधारणको बैंकमा भएको रकम समेत जोखिममा परेको छ ।

अर्कोतर्फ, अहिले सेयरको मूल्य र कारोबार दूवै बढिरहेको छ । सेयर दलालीहरुको ठगीधन्दा पुनः शुरु भएको छ। यसअघि पनि बैंकले सय रुपैयाँमा निष्काशन गरेको सेयर दलालीहरुले कित्ताकै ३५ सयमा बेचेर सर्वसाधारण डुबाएका थिए । र अहिले पनि डुबाउन लागिपरेका छन्। तर, बैंक पनि टाट पल्टिने अवस्थामा पुगेपछि अहिले महंगोमा सेयर किन्नेहरु भोलि डुब्दैनन् भनेर कसरी भन्न सकिन्छ ?

महंगोमा घरजग्गा र गाडी किन्नेहरुको पनि बिजोग नै हुनेछ । सरकार अर्थतन्त्र चलायमान बनाउँछु भन्छ । दिनहुँ ज्ञापनपत्र बुझ्नमै सरकारका निकायहरु व्यस्त छन्। सरकारले अर्थतन्त्र सुधारको बाटोमा दाबी गरिरहँदा बजार भने दुर्गा प्रसाईंको भनाईअनुरुप अघि बढेको देखिन्छ । उनले भनेझैं अहिले पनि बजार पूरै मन्दीमा छ।

प्रसाईले केही समयअघि मात्र भनेका थिए कि काठमाडौंका सबै सटर, कोठा खाली हुनेछन् । अहिले यस्तै भएको छ । उपत्यकामा कोठा, सटर र फ्ल्याट धमाधम खाली हुँदै गएका छन्। प्रसाईले जानेर वा नजानेर बोले, त्यो कसैलाई थाहा छैन, उनैलाई थाहा होला । तर, उनको बोलीका कारण बैंक, वित्तिय संस्था भाग्नुपर्ने अवस्थामा पुग्यो।

जनताको विश्वास समेत बैंक, वित्तिय संस्थाले गुमाए । कुनै मानिसलाई गोली लागेमा त्यो व्यक्ति बाँच्ने सम्भावना निकै कम हुन्छ। त्यसरी नै अहिले बैंक,वित्तिय संस्थाका लागि प्रसाईंको बोली गोली बराबर भएको छ । बजारमा आम नागरिक भन्छन्, ‘प्रसाईले विभिन्न बैंकबाट दश खर्ब ऋण लिएका छन्।

त्यसमाथि उनले करोडको धितो राखेर एउटै बैंकबाट अर्बौ ऋण लिएको बताइन्छ । अनि बैंकले कसरी उनलाई करोडको धितो राखेर अर्बौ ऋण दियो ? यसको जवाफ प्रसाईले आफैंले समेत दिने गरेका छन् । उनले बारम्बार भनेका छन् कि बैंकका सञ्चालक, अध्यक्षहरु घुसमा बिक्छन् । घुस दिएपछि जस्तोसुकै कमसल धितो राखेर पनि कर्जा प्रवाह गर्छन् ।

बैंकले दुर्गा प्रसाईंजस्ता सयौं व्यक्तिलाई करोड मूल्य पर्ने धितो राखेर खर्बौ कर्जा दिएको छ । तर, आम नागरिकलार्इृ ऋण दिएन । जनतालाई ऋण दिँदा पनि करोडको धितो राखेर लाख रुपैयाँ दिने । अनि तीन किस्ता नतिर्नेबित्तिकै पत्रपत्रिकामा नाम निकाल्ने, कालोसूचीमा राख्ने र धितो पनि लिलाम गर्ने ।

यद्यपि, प्रसाईजस्ता व्यक्तिले भने ऋणी नतिरेपनि बैंक केही गर्न सक्दैन । पहिलापहिला बैंकका कारण सुकुम्बासी भएकाहरु मात्र बैंक चोर, ठग हो भन्थे । अहिले प्रसाईले बैंक ठग भनेसँगै करोडौं जनता उनको पछि लागेका छन् । सबैभन्दा ठुलो जनता नै हुन् । जसले जनताको पीडा बोल्छ, उसैलाई जनताले मन पराउँछन् ।

अहिले बजारमा प्रसाईंको चारैतिर चर्चा हुनुको कारण पनि यही नै हो । उनले बैंक, वित्तिय संस्थाविरुद्ध मात्र बोलेनन्, उनले जनताको आवाज बोलिदिए वा बाहिर ल्याए । २०८० मंंसिर ७ गते दुर्गा प्रसाईले बल्खुमा हजारौं जनता जम्मा पारे । त्यतिबेला उनले देशमा राजतन्त्र चाहियो भने । त्यसैले, जनता निराश भए ।

यदि उनले बैंक, वित्तिय संस्थाविरुद्ध बोलिदिएको भए त्यतिबेला करोडौं जनता उनको साथमा हुने थिए । प्रसाईले अहिले पनि बैंक, वित्तिय संस्थाविरुद्ध आन्दोलन आह्वान गरेमा करोडौं जनतामा सडकमा उत्रिने छन् । किनकि जनता भन्छन्, ‘बैंक, वित्तिय संस्था ठग हुन् । यस्ता संस्थामा काम गर्ने कर्मचारी त झन चोरै हुन् ।

बैंकका कर्मचारीहरुद्धारा बचतकर्ताको रकम चोरिएको घटना बाहिरिएपछि जनताको बैंक, वित्तिय संस्थाबाट झनै विश्वास गुमेको छ । जो समयअनुसार हिँड्छ, बोल्छ, उसलाई सबैले मन पराउँछ । चाहे सरकारले साथ दियोस् नदियोस् । अहिले राजनीतिक दलका नेताभन्दा बढी चर्चित दुर्गा प्रसाई छन् । हरेक जनताको मुखमा उनकै नाम झुण्डिएको छ ।

सायद प्रधानमन्त्री ओलीलाई समेत जनता यति सम्झिदैंनन् । भनिन्छ कि अतिले खति हुन्छ। त्यसरी नै बैंक, वित्तिय संस्थाको ठगीधन्दाले सीमा नाघिसकेको थियो । र, प्रसाईले यसविरुद्ध बोल्नेबित्तिकै अहिले बैंक पनि भाग्नुपर्ने अवस्थामा पुगेको छ। त्यसैले,अब चाहिँ बैंक,वित्तिय संस्थाहरु सुध्रिने कि ?