हुम्ला- काठमाडौ समाजबादी सम्पर्क मञ्चको अध्यक्षमा खड्क दानी चयन

काठमाडौं। विभिन्न पेशा,पठनपाठन लगायतका कामको सिलसिलामा हुम्लाबाट काठमाडौ कर्मथलो बनाएका हुम्ली जनताहरुको सम्पर्क मञ्चको रूपमा रहेको हुम्ला काठमाडौ समाजबादी मञ्चको अध्यक्षमा खडक दानी चयन भएका छन।

शनिबार काठमाडौमा आयोजित भेलाले दानीको नेतृत्वमा ५१ सदस्यीय समिति चयन गरेको हो। भेलाले उपाध्यक्षमा रामचन्द्र बुढा र कलिकर्ण सुनार, सचिवमा तुलाराज फडेरा र कोषाध्यक्षमा बबिता बुढाथोकीलाई चयन गरेको छ।

समाजवादी सम्पर्क मञ्चको भेलामा हुम्ला जिल्लाबाट काठमाडौमा रहेका कलाकारहरु नवराज भण्डारी,अकिल कुमार अनमोल,बनकला सञ्ज्याल,फुलमाया शाही र शेरबहादुर बिसीलाई कार्यक्रमका प्रमुख अतिथि नेकपा कर्णाली प्रदेश इन्चार्ज एवम् स्थायी समिति सदस्य शुसिलले दोसल्ला ओढाएर सम्मान गरेका थिए भने कलाकारहरुले आ-आफ्ना कला प्रस्तुतिसहित देउडा खेल समेत खेलेका थिए।

कार्यक्रममा नेकपा केन्द्रिय सदस्यहरु राजकुमारी सी, दर्शन सी, विद्यार्थी नेता पुरन सीले मन्तव्यद्वारा शुभकामना व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन उपेन्द्र सीले गरेका थिए।

हुम्ला-काठमाडौँ समाजवादी मञ्चमा निर्वाचित पदाधिकारीहरु 

-खड्क दानी अध्यक्ष,

-रामचन्द्र बुढा वरिष्ठ उपाध्यक्ष,

-अलि कर्न उपाध्यक्ष,

-तुलराज फडेरा सचिव ,

-संजय बुढाथोकी सहसचिव ,

-बिमला बुढाथोकी कोषाध्यक्ष तथा भेलाबाट ५१ सदस्य कार्यसमिति चयन गरिएकाे छ।