खुल्ला डिजिटल वक्तृत्वकला प्रतियोगिताकाे आयोजना हुँदै

चितवन। कपुरबोट मिडिया प्रालिद्वारा खुल्ला डिजिटल वक्तृत्वकला प्रतियोगिता हुने भएको छ। आधुनिक भरतपुर निर्माणमा रेणु दाहालको भूमिका विषयक प्रतियोगितामा विश्वभरबाट भिडियोहरु पठाउन सकिने आयोजक संस्थाका अध्यक्ष पत्रकार सन्तोष देउजाले बताए।

कार्यक्रममा विशेष अतिथि नेपाल पत्रकार महासंघका उपाध्यक्ष प्रकाशमणि ज्ञवाली रहेको कार्यक्रममा पत्रकार कोमलप्रसाद भगत, वसन्त पराजुली, सन्त कुमार चौधरी,राजु चौधरी, आनन्द पोखरेल, नविन मरहठ्ठा, प्रेम कडेल , प्रस्ताव सुवेदी, सूर्य प्रसाद अधिकारी सूनिल पराजुली, सन्तोष बस्ताकोटी लगायत जिल्लाका क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो।

कार्यक्रमको उद्देश्यबारे उल्लेख गर्दै कपुरबोट मिडिया प्रालिका पत्रकार अनिल भट्टराईले विषयवस्तुमाथि प्रकाश पारे।पत्रकार सम्मेलनमा बोल्दै पत्रकार सन्तोष देउजाले नतिजाको आधार ५० प्रतिशत भ्युज र ५० प्रतिशत निर्णायकहरुको अधिकारमा निहित हुने बताए।

कार्यक्रमका निर्णायक डा भोजराज अधिकारी, डा विश्व सुवेदी, रमाकान्त सापकोटा र प्रकाशमणि ज्ञवाली रहेको समिति गठन भएको बताइएको छ। कार्यक्रमको स्कुले विद्यार्थीदेखि पाकासम्म सबै सबैले भाग लिन पाउने उनले बताए।

प्रतियोगिताको प्रथम पुरस्कार रु एक लाख , द्वितीय पुरस्कार ५० हजार , तृतीय पुरस्कार २५ हजार र सान्त्वना १० हजार रहेको छ। भिडियो पठाउनु पर्ने अन्तिम मिति २०८१ भाद्र १५ गते सम्म तोकिएको छ।

नियमहरू उज्यालो ठाँउमा अनिवार्य माइक प्रयोग गरी भिडियो कम्तीमा ३ मिनेट र बढीमा ७ मिनेटको म्युजिक प्रयोग नगरी विषय वस्तुमा गलत तथ्याङ्क प्रयोग नगरी नहल्लाई खिचेको हुनुपर्ने बताइएको छ।

विजेता छनोट भिडियोको गुणस्तर, भ्यु्ज , विषयवस्तु र प्रस्तुतिको आधारमा हुने बताउँदै पत्रकार सन्तोष देउजाले कार्यक्रममा उपस्थित सबै सबैमा हार्दिक आभार प्रकट गर्दै कार्यक्रममा सक्दो सहभागी हुन पत्रकार साथिहरुलाई आग्रह गरे। कार्यक्रम पुरानो मेडिकल कलेजको अगाडि रहेको होटल यापरीको सभाहलमा आयोजना भएको हो।