नेकपाको स्थायी समिति बैठक सम्पन्न,यस्ता छन् निर्णयहरु

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीको स्थायी समिति बैठक सम्पन्न भएको छ। शुक्रबार दिउँसोदेखि पार्टी केन्द्रीय कार्यालय कपिलवस्तुमा सुरू भएको बैठक केहीबेर अघि सम्पन्न भएको हो।

बैठकले देशभर अन्तरक्रिया गर्ने,स्कुलिङ चलाउने, सुकुम्वासी समस्या समाधान गर्ने, मिटरब्याज, लघुवित्तहरूको ज्यादतीविरूद्ध संघर्ष गर्ने, सामना परिवारको अभियान चलाउने, ध्रुवीकरणलाई तिब्र पार्ने लगायतका निर्णय गरेकाे छ। 

बैठकले देशभर नेपाली विशेषताको समाजवाद विषयक अन्तरक्रिया गर्ने,भदौ ५ भित्र मुखपत्र प्रकाशन गर्ने, पूर्वमाओवादी र कम्युनिस्ट पार्टीहरूसँग एकता र सहकार्यमा जोड दिने निर्णय भएको छ।

 त्यस्तै नेपालमा अमेरिकी शैन्य हस्ताक्षेपविरूद्ध संघर्ष गर्ने, उत्पादनलाई व्यवस्थित गर्ने,असोज २६ देखि ५ दिनसम्म सी उत्सव मनाउने निर्णय गरेकाे छ।साथै बैठकले एमसीसीको बिरोध गर्ने र बिआरआईलाई समर्थन गर्ने निर्णय समेत गरेको बुझिएको छ।