सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाह नियुक्त
धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त भएका छन् । आज आइतबार बेलुकी शाहलाई प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
आज बिहान नेकपा एमालेको समर्थनमा शाहले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । नेपाली कांगेस र नेकपा ९एमाले० बीचको केन्द्रीय गठबन्धनअनुसार शाह मुख्यमन्त्री बनेका हुन्।
शाह दोस्रोपटक सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । पहिलोपटक उनी २०७९ साल माघ २६ गते मुख्यमन्त्री बनेका शाहले चैत २२ गते राजीनामा दिएका थिए।
काँग्रेस र एमालेबीच भएको सहमतिअनुसार सात सदस्यीय मन्त्रिपरिषद्मा कांग्रेसबाट मुख्यमन्त्रीसहित तीन, एमालेबाट तीनजना र नागरिक उन्मुक्तिबाट एकजना मन्त्री बन्ने समझदारी भएको छ।