चाडबाड नजिकिँदा सर्वसाधारणलाई पीरैपीर, यसपटक पनि सरकार देखिएन् जनताप्रति गम्भीर

चाडबाड नजिक आएसँगै सर्वसाधारणलाई एउटै चिन्ताले पिरोल्न थालेको छ,‘यस्तो मँहगीमा कसरी चाडबाड मनाउने ?’ उता, व्यापारीहरुलाई भने कसरी उपभोक्तालाई ठग्ने भन्ने चिन्ता हुन्छ । विगतदेखिको परिपाटी नै यस्तै छ । हिन्दू धर्मावलम्बीले मान्ने चाडबाडहरु नजिकिँदै छ।

अब भटाभट चाडपर्व आउँछ । चाडपर्व आएसँगै व्यवसायीहरुको मनोमानी चल्छ । खाद्यान्नको कालोबजारी हुन्छ। भाउ बढाइन्छ। यता, यातायात व्यवसायीहरुले गाडी भाडा बढाउन सरकारलाई दबाब दिन्छन् । दशैंको मुखमा आएर सँधै भाडा बढाइन्छ । घर जानुपर्ने भएकाले यात्रु भनेजति भाडा तिर्न बाध्य हुन्छन् ।

प्लेन भाडा पनि बढ्छ । चाडबाडले कतिपयको घरमा रौनक ल्याउँछ त कतिपयको घरमा रुवाबासी चल्छ । चाडपर्व मनाउन घर हिँडेकाहरु सवारी साधन दुर्घटनामा परेर मर्छन् । यस वर्षको दशैं आउन अब केही साता बाँकी छ । यसपटकको दशैंलाई कसरी व्यवस्थित बनाउने ? सरकारसँग कुनै योजना छैन् ।

हरेक वर्ष दशैं शुरु हुनुभन्दा एकाध दिनअगाडि टिकट खोलिन्छ । जसका कारण यात्रुहरुलाई धपेडी हुने गरेको छ । अग्रिम टिकट भनेपनि खोलेको दुई दिनमै सकिसक्छ । यसले गर्दा यात्रु हरेक वर्ष मर्कामा पर्ने गरेका छन् । टिकटमा पनि कालोबजारी हुन्छ । सरकारले यसपटकको दशैंमा कसरी यात्रुलाई सहज रुपमा घर पुर्याउने ? कुनै योजना नै बनाएको छैन् ।

एउटा उखान छ,‘जब पर्यो राति, तब बुढी ताँती’, सरकारको त्यस्तै प्रवृत्ति छ । अन्तिम समयमा आएर हतारोमा निर्णय गरिन्छ । यो प्रवृत्तिले सर्वसाधारणलाई धेरै हैरानी हुने गरेको छ । छलफल गर्ने, योजना बनाउने बाटोघाटो मर्मत गर्ने, गाडीको कण्डिसन चेकजाँच गर्न लगाउनेलगायतका काम सरकारद्धारा अहिलेदेखि नै हुनुपर्ने हो ।

तर, सरकार आफैं रमिता हेरेर बसेको छ । सरकारको कारणले दशैंमा वर्षेनि सयौंले सवारी दुर्घटनामा ज्यान गुमाउँछन् । कतिपयको घरमा दशैं दशा बनिदिन्छ । कारण के भन्दा सरकार । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई देश र जनताको मतलब छैन् । उनी त कमिशन खान र सरुवा बढुवा गर्नमै ध्याउन्न छन् ।

राजदूत हेरफेर गर्ने, आफ्ना मान्छेलाई सरकारी जागिर दिने, आफू निकटलाई रोजजस्तो ठाउँमा सरुवा गर्ने, आफ्नो चाप्लुसी गर्नेलाई बढुवा गर्ने, उद्योग व्यवसायीले सरकारलाई तिर्नुपर्ने कर मिनाहा गरेर पार्टीका लागि चन्दा उठाउने र तिनलाई कार्यकर्ता बनाउने । ओलीको उद्देश्य यति नै हो ।

अहिले मुलुकमा आर्थिक मन्दी छ । सर्वसाधारणसँग पैसा छैन् । बिहानबेलुका छाक टार्न सर्वसाधारणलाई सकस परेको छ । यस्तोमा चाडबाड कसरी मनाउने ? सर्वसाधारणलाई तनाव भएको छ । चाडबाड नजिकिँदै गर्दा सर्वसाधारणलाई पीरैपीरले सताएको छ । घर जान खर्च लाग्छ ।

त्यसमाथि रित्तो हात जान मिलेन् । दशैंमा फेरि गाडी भाडा बढ्छ । सामान छोइनसक्नु हुन्छ । एकातिर बेरोजगारी बढेको छ, अर्कोतिर अधिकांशले तलब पाइरहेका छैनन् । ऋण दिनसक्ने अवस्था यतिबेला कोहीसँग पनि छैन् । सर्वसाधारण चिन्तामा छन् तर सरकारलाई मतलब नै छैन् ।

ओलील ‘दिन कटाउने र माना पचाउने’ मै व्यस्त छन् । छलफलका नाममा कर्मचारी बोलाउने, कलाकार बोलाउने, खेलकुदका पदाधिकारी बोलाउने अनि दिन कटाउने । छलफल गरेर केही उपलब्धि हात परे त ठीकै थियो । उपलब्धि शून्य, खर्चचाँहि खातैखात छ । कर्मचारीबाट देशको विकास सम्भव छैन् ।

कर्मचारीलाई राम्रो गाडी चढ्नु छ, घुस खानु छ, घर बनाउनु छ, राम्रो जीवनयापन गर्नु छ, देश विदेश भ्रमण गर्नु छ, छोराछोरी विकसित देश पठाउनु छ । पिऊन्देखि मुख्यसचिवसम्म यी कुरा लागु हुन्छ । सरकारी कर्मचारीको दिमागमा जतिबेला पनि कसरी व्यक्तिगत लाभ लिने ? भन्ने मात्र खेलिरहेको हुन्छ ।

ओली चारपटक प्रधानमन्त्री भए । चार पटकमा उनले के गरे ? हावा गफ गर्नबाहेक उनले केही जानेका छैनन् । सस्तो लोकप्रियतामा रमाउने व्यक्ति हुन्, उनी । एउटा सफा टेम्पो चलाउने क्षमता नभएको व्यक्तिलाई देश चलाउने जिम्मा दिइएको छ । चालकले थोरै त्रुटि गर्यो भने ठूलै क्षति हुन्छ ।

चालक, यात्रु र पैदलयात्रीको ज्यान जान सक्छ । ओली त देश चलाउने ड्राइभिङ सीटमा बसेका छन् । उनले देशलाई लगेर खाडलमा हाल्छन्, हाल्छन् । हुन त ओलीसँग काम गर्ने क्षमता छैनन् । अहिले जति नै ठोकेपनि हिजो बसेर आएको जेलै हो । त्योपनि मान्छे मारेको केसमा ।

त्यसलाई राजनीतिमा मोडे उनले । उनको असलियत अहिले सबैले थाहा पाइसके । अहिले उनको मन्त्रिमण्डलमा विवादित व्यक्तिहरु छन् । उनी आफैंपनि झापाको गिरीबन्धु टी स्टेटको जग्गा हिनामिनामा मुछिएका छन् । सरकारी सम्पत्ति दोहन गर्ने देशको प्रधानमन्त्री बन्दा जनताको शिर निहुँरिएको छ ।

यता, नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने धन्दामा मुछिएका काँग्रेस नेतृ डा आरजु राणा परराष्ट्रमन्त्री बनेकी छिन् । जेलबाट भर्खर छुटेका व्यक्तिलाई राज्यमन्त्री बनाइएको छ । मुलुक यिनीहरुको पेवा हो ? देशमा ऐनकानुन छैन् ? सत्ता बनाउन र टिकाउन फोहोरी खेल चलिरहेको छ ।

कानुनको कठघरामा हुनुपर्ने व्यक्तिहरु सरकारमा छन् । अनि त्यस्ताले देशको विकास गर्छन् ? जनताले सेवासुविधा पाउँछन् ? दिनभर सडकमा बस्यो ‘बनी’ हुँदैन् । काम खोज्यो, पाउँदैन् । अब जनताले चाडपर्व कसरी मनाउने ? खाईनखाई अलिअलि गरेर जम्मा गरेको पैसा सहकारीले स्वाहा बनाइदिएको छ ।

सहकारी सञ्चालक पैसा लिएर फरार छन् । उता, लघुवित्तको अवस्था पनि त्यस्त्रै छ । अरु त छोडौं, यसपटकको दशैंमा धेरैलाई घर जाने गाडी भाडाको जोहो गर्नसमेत मुस्किल पर्ने देखिन्छ । खाद्यान्नको भाउले आकाश छुन्छ । दशैं मनाउन त गाह्रो पर्ने भयो । सरकारले घटस्थापनादेखि पुर्णेको दिनसम्म रुट परमिट खोलिदिन्छ ।

काठमाडौं उपत्यकाभित्र चल्ने सबै थोत्रो गाडी बाहिर जान्छ । यहाँका सम्मो सडकमा चल्न मुस्किल परेका गाडी बाहिरी जिल्लाका सडकमा कसरी गुड्ला ? दुर्घटनाको जोखिम बढ्छ । उपत्यकाभित्र नै गाडीका अभाव हुन्छ । उपत्यकाबासीलाई गाडी नपाउँदा समस्या हुन्छ । अन्य देशका प्रधानमन्त्री र मन्त्री धेरै जिम्मेवार छन् ।

नैतिक हिसाबमा पनि उनीहरु उच्च छन् । आफूसँग भएको योजनाहरु लागु गर्छन् । के गर्दा ठीक हुन्छ ? उनीहरु लागु गर्छन् । छलफलको नाममा राज्यको ढुकुटी दोहन गर्ने काम उनीहरुबाट हुँदैन् । तर, हामीकहाँ छलफल गर्ने र राज्यको ढुकुटी रित्याउने काम मात्र हुन्छ । जनताको सेवासुविधा बाहिरी मुलुकका प्रधानमन्त्री, मन्त्रीको मुख्य एजेण्डा हो ।

हाम्रो मुलुकको प्रधानमन्त्री, मन्त्रीको एजेण्डा राज्यको ढुकुटी सकाउने हो । जनताले तिरेको करमा मोजमस्ती गर्न उनीहरु नयाँनयाँ एजेण्डा ल्याउँछन् । एउटा सिण्डिकेट हटाउने क्षमता त सरकारसँग छैन् । अरु के आशा गर्नु ? चार दशक भयो, कालो प्लेट र हरियो प्लेटको ट्याक्सीको दर्ता नखोलेको ।

फो स्टक टेम्पो र कालीमाटीमा चल्ने ढुवानी गाडीको हकमा पनि त्यही हो । दर्तै बन्द छ । नेपालीमा एउटा उखान छ,‘अल्छीले जति जैसीले जान्दैन्, भैंसीले जति गाईंले खाँदैन्।यो उखान देशको प्रधानमन्त्री, मन्त्री र सरकारी कर्मचारीसँग मेल खान्छ । काम नगर्ने, भाषण मात्र ठोक्ने । हामी यो गर्दैछौं, त्यो गर्दैछौं भन्ने तर उखाल्नेचाँहि केही होइन् ।

काम गरेको भए त नतिजा देखिहाल्थ्यो नि। काम गर्नेलाई बोलिरहनुपर्ने आवश्यकता छैन् । जनताले देखिहाल्छन् । काम नगर्नेहरु यो–त्यो भन्दै सुनाइरहन्छन् । अरु देशका नेताहरु साधारण भएर हिँड्छन्। हामीकहाँ त नाटकै धेरै हुन्छ। अगाडिपछाडि सुरक्षाकर्मी राखेर साइरन बजाउँदै हिँड्छन् । आफ्नो त मूल्याङ्कन गर्ने नसक्नेले देश र जनताको कसरी मूल्याङ्कन गर्न सक्छ ?