कुमारी बैंकको नाफा २ अर्ब ३० करोड

काठमाडौं। आर्थिक वर्ष ०७९/०८० मा ५१ करोड ७९ लाख नाफा गरेको कुमारी बैंकले आर्थिक वर्ष ०८०/०८१ मा २ अर्ब ३० करोड नाफा आर्जन गरेको छ।

बैंकले आर्थिक वर्ष २०७९/०८० मा भन्दा १ अर्ब ७९ करोड बढी नाफा गरेको हो। बैंकले हालसम्म ३ खर्ब ३३ अर्ब निक्षेप संकलन गरी २ खर्ब ७३ अर्ब कर्जा प्रवाह गरेको छ।

बैंकको प्रतिशेयर आम्दानी ८.८ रुपैयाँ हुदाँ खराब कर्जा ४.९५ प्रतिशत छ। खराब कर्जम वृद्धि हुदाँ बैंकले ठूलो रकम प्रोभिजन गर्नु परेको छ। कम्पनीको नेटवर्थ १४१.४७ रुपैयाँ छ। कम्पनीको वितरणयोग्य नाफा ऋणात्मक बन्न पुगेको छ।