८४ सम्म काँग्रेस सिध्याउने ओलीको खेल, देउवा रिझाउन आरजु बोकेका गगन–शेखर संकटमा

काठमाडौं। नेपाली कांग्रेस सत्तारोहणसँगै नेकपा एमालेको छाँयामा परेको छ। धन्न उत्तिकै शक्ती शेयर गरिरहेको उसले न त सरकारमा काम देखाउन सकेको छ, न पार्टी सुदृढिकरण नै। बरु प्रमुख प्रतिस्पर्धी एमालेलाई गाली गर्ने एजेण्डा समेत गुमाएको कांग्रेस कागजी बाघमा सिमित हुँदै छ।

माओवादीले धोका दिएपछि प्रतिपक्षमा पुग्दा मुखर सुनिएको नेपाली कांग्रेस सत्तारोहणसँगै मौन देखिन थालेको छ। उत्तिकै शक्ती बराबरको एमालेसंगको सहकार्यले दुईतिहाई शक्तीसहितको सरकारको हिस्सा बनेपनि उसको उपस्थिती त्यहा समेत कमजोर देखिएको हो।

बरु यसैले महामन्त्रीहरुको वोली बन्द भएको छ भने प्रधानमन्त्री केपी शर्मा ओलीका अघि मन्त्रीहरुको अवस्था समेत कमजोर देखिन्छ। त्यस्तै प्रदेशदेखि केन्द्रसम्मै गुण्डाहरुलाई मन्त्री बनाएको आक्षेप छ। काँग्रेस र एमालेले काण्डहरु मिलाउन नयाँ समिकरण बनेको आरोप असत्य सावित गर्ने हैसियतमा समेत गुमेको छ। यो समिकरण बनाएको जस लिदै आरजु राणा जस्ता विवादीत व्यक्तिलाई मन्त्री स्वीकार्न महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माहरु बाध्य बनिरहेका छन्।

उनी पनि राजदूत भेट्नमै व्यस्त रहँदा कांग्रेसका अन्य मन्त्रीहरु ओलीको छाया भन्दामाथि उठ्न सकेका छैनन्। यता महामन्त्रीहरुलाई त एमाले र ओली विरुद्धका विगतका वोली अहिले उनीहरुमाथिको प्रहार विषय बनेको छ। केहि गर्ने अपेक्षा गरेका स्वास्थ्यमन्त्री प्रदीप पौडेल गन्जागोलमै हराएका छन्।

यसलाई एजेण्डाविहिन कांग्रेसको अवस्थाका रुपमा व्याख्या गरिदाँ गृहमन्त्रीको वोली समेत बन्द भएको छ। विगतमा सहकारीको मुद्धा उठाँउदै संसदमा चर्को सुनिने उनी अहिले उत्तर दिने अवस्थामा छन्। तर रवि लामिछाने विरुद्ध प्रमाण रहेको उनको दाबी कहाँ गयो रु फायलहरु किन खोलिएन भन्ने रु प्रश्नलाई विपक्षीले मुद्धा बनाउन थालिसकेका छन्।

यी सबै प्रश्नका उत्तरविहिन गृहमन्त्री लेखक अहिले सबैकुरा कानुनी राज र लोकतन्त्रका पक्षमा काम गर्ने गरेको भन्दै टालटुले जवाफमै सिमित भएका छन्।

यता आकारका हिसावले ठूलो दलभएकै कारण कांग्रेसमाथि सबैभन्दा बढी प्रश्न छ। तर ओलीलाई कज्याउन सक्ने हैसियतमा कांग्रेस छ। यहिकारण उनीहरुको अहिलेको काम शेरबहादुर देउवा प्रधानमन्त्री हुने समय कुर्ने भन्दा माथि नदेखिदाँ पार्टिको हालत पनि उस्तै छ।

देउवालाई प्रश्न गर्ने डा।शेखर कोईराला ओलीसंग मिल्नुपर्ने बाटोमै राजनीति हिडेपछि वोल्ने अवस्थामा छैनन्। फलत ः देउवामाथि प्रश्न गर्ने उनीहरु भाग खोज्ने र आगामी महाधिवेशनमार्फत उनको उत्तराधिकारी हुने दाउभन्दा माथि उठेका छैनन्।

अझ रोचक त के छ भने निर्वाचनको १९ महिना बितिसक्दा कांग्रेसले संसदीय दलको उपनेता समेत चयन गरेको छैन। देउवा २०७९ पुस ६ गते दलको नेता चयन भएका थिए। तर, आकांक्षी धेरै हुँदा देउवाले अहिलेसम्म उपनेता चयन गर्न सकेका छैनन्।

संसदीय दलको नेता अनुपस्थित रहे निर्णयमा समन्वय गर्ने अधिकार उपनेतालाई रहेको हुन्छ। तर त्यसैमा कांग्रेसको यो अलमलले उसको हालत समेत प्रतिविम्बित बनिरहेको छ।

हुन त ओलीजस्ता व्यक्तिसंग कांग्रेसको गठबन्धन टिक्नेमै प्रश्न छ। यहिकारण साँतबुँदे सहमती कार्यान्वय भएमात्रै पनि सरकार र दुवै दल सफल भएको मान्नुपर्ने राजनीतिक विश्लेषकहरु बताउँछन्।

तर सत्तामा गईसकेको कांग्रेस भोली त्यहि एमालेसंग भिड्ने गरि पार्टि सुदृढिकरण समेत गनुपर्ने बाध्यतामा छ। अब अरुलाई गाली गरेर चुनाव जित्ने उसको वहाना सक्किसकेको छ। तर भातृसंगठनको हाल वेहाल र पार्टिकै हाल डामाडोल भएको कांग्रेस कागजी बाघ बन्दै गएको महसुस समेत गर्न सकिरहेको छैन।

आरजुले काँग्रेस बालकोट बुझाएपछि महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा चुइक बोल्न नसक्ने अवस्थामा पुगेका छन्। काँग्रेस भित्र आश गरेका दुइ युवा नेताको यो गतिले कार्यकर्ता समेत निरास हुने अवस्थामा पुगेका छन्।

काँग्रेस सभापति शेरबहादुर देउवा अहिले आफु प्रधानमन्त्री हुने दिन गन्ति गर्ने बाहेक अन्य पार्टीका गतिविधिमा सक्रिय हुने संकेत भने देखिएकाे छैन। काँग्रेसको मिसन ८४ मा ओलीको छायामा पर्ने खतरा बढ्दै गएकोछ। काँग्रेसका सचेत युवा नेताले बेलैमा नसाेच्ने हाे भने पार्टी ६४ सालमा फर्किने निश्चित जस्तै देखिन्छ।