बैंकमा असुरक्षित बन्दै सर्वसाधारणको पैसा,सरकार किन छैन गम्भीर ?

हामी आम नागरिक दिनभर काम गछौं । कमाएको पैसाले बिहान–बेलुकाको छाक टाछौं । तर, अहिले मानिसलाई पैसा भएपनि र नभएपनि तनाव नै छ । पैसा नहुनेलाई जीविकोपार्जन कसरी गर्ने ? कसरी गुजारा चलाउने ? भन्ने पेन्सन छ त पैसा हुनेलाई कहाँ राख्ने भनेर तनाव छ। घरमा पैसा राखौं भने ज्यानै असुरक्षित र बैंक, वित्तिय संस्थामा राख्दा खाताबाटै चोरी हुने डर।

पछिल्लो समय बैंकको खाताबाटै बचतकर्ताको रकम गायब वा चोरी भएको घटना बाहिरिएका छन्। अहिले आम सर्वसाधारण भन्छन्,बैंकमा पैसा राख्नु जोखिम मोल्नु बराबर भयो।बैंककै कर्मचारीले बचतकर्ताको खाताबाट रकम चोरी गरेको तथ्य फेला परेको छ। अनि यस्तो अवस्थामा कसरी जनताले बैंकमाथि विश्वास गरेर पैसा जम्मा गर्ने ?

बैंक, वित्तिय संस्थामाथि सर्वसाधारणको विश्वास घट्टै गएको छ। यस्तो हुनुमा पनि यीनै दोषी छन्। सहकारीका कारण करोडौं बचतकर्ताको बिल्लीबाँठ भयो । बचतकर्ताहरु घर न घाटका बनेका छन्। सहकारीले एकै बचतकर्ताको लाखदेखि करोडौं रकम खाइदिएको छ। विश्वासमा परेर सहकारीमा पैसा राखेका ती सर्वसाधारण आज मर्नु कि बँच्नु अवस्थामा पुगेका छन्।

पाँच वर्षअघि बैंक, सहकारी, लघुवित्त, फाइनान्समा पैसा राखेका सर्वसाधारण आफ्नो पैसा सुरक्षित छ भनेर निर्धक्क निदाउँन्थे। तर, अहिले बैंकमा पैसा राखेका जनता रातभर निदाउँदैनन् । बैंकका सञ्चालक, कर्मचारीहरुले आफ्नो पैसा त चोरेनन् भन्ने पीरले उनीहरुलाई निन्द्रा नै लाग्दैन।

यता, सहकारी, लघुवित्त, फाइनान्समा बचत गरेका सर्वसाधारणको त पैसा डुबिसक्यो । किनकि सञ्चालक, अध्यक्ष र कर्मचारीहरु भागिसके। त्यसैले, उनीहरुलाई पनि आफ्नो जीवनभरको कमाइ डुबेपश्चात् रातभर निन्द्रा लाग्दैन । केही वर्षअघि काठमाडौंको चावहिलस्थित सरस्वतीनगरमा दिउँसै एक महिलाको हत्या भयो।

उनको हत्या एउटा सुनको सिक्कीको लागि भएको प्रहरी अनुसन्धानको क्रममा भेटिएको थियो । यो त एउटा उदाहरण मात्रै हो। यस्ता थुप्रै घटना छन्। जसमा कमजोर आर्थिक अवस्था भएपछि मानिसहरुले पैसा वा सुनकै लागि अरुको हत्या गर्छन्। त्यसैले, अहिले घरमा पैसा राख्नु पनि जोखिमपूर्ण बन्दै गएको छ।

फेरि बैंक, वित्तिय संस्थामा पैसा राख्नु पनि त्यत्तिकै जोखिम बनेको छ। दशकअघि बैंक, वित्तिय संस्थाको स्थापना भएको थिएन । जसका कारण मानिसहरु घरमै पैसा राख्थे । तर, अहिले जस्तो दराजमा राखिँदैन्थ्यो। त्यतिखेर माटोको ग्रागीमा पैसा राखेर खाल्टो खनेर गाडिन्थ्यो । कतिपयले त घरको छानोमा समेत कसैले थाहा नपाउने गरी पैसा राख्थे।

बैंक, वित्तिय संस्थाको स्थापनासँगै सर्वसाधारणले घरमा पैसा राख्न छोडे। एक–दुई पैसा भएपनि ब्याज आउँछ र सुरक्षित पनि हुन्छ भनेर आम नागरिकले बैंक, वित्तिय संस्थामा आफुसँग भएको रकम जम्मा गरे। तर, आज उनीहरुले आफ्नो पैसा नै गुमाएका छन्। ब्याजको प्रलोभनमा पर्दा र पैसा सुरक्षित हुने आशमा बैंक, वित्तिय संस्थामा राख्दा साँबा नै गुमाउनु परेको छ।

देशभर ३५ हजार बढी सहकारी दर्तामा छन् । ती सहकारीमा करोडौं बचतकर्ताले खर्बौ रकम जम्मा गरेका थिए । तर, सहकारीका सञ्चालक, अध्यक्ष र कर्मचारीहरु बचतकर्ताको रकम लिएर रातारात फरार भएका छन्। सहकारी, लघुवित्त, फाइनान्सहरु डुबिसके भनेर सबैलाई थाहै छ । यी संस्था डुबेपनि यसको सेयरको मूल्य भने दलालीहरुले बढाइरहेका छन्।

एक सय रुपैयाँको सेयर २८ सय रुपैयाँ पुर्याएका छन्। एकातिर सेयर दलालीहरु महँगोमा सेयर बेचेर सर्वसाधारण ठग्ने, अर्कोतिर बैंक, वित्तिय संस्था । जग्गा दलाली तथा गाडी व्यवसायीहरु पनि जनता नै लुट्ने । आनाको एक लाख रुपैयाँ नपर्ने खेतीयोग्य जमिन दलाली तथा भूमाफियाहरुले खण्डीकरण गरी आनाक करोडमा बेचेका छन् ।

इतिमात्र होइन, भारतमा एक लाखमा पाइने सवारीसाधन यहाँका अटो शोरुमहरुले पाँच लाखदेखि २५ करोडसम्ममा बेचेका छन् । अहिले बजारमा कोठा, सटर, फ्ल्याटहरु धमाधम खाली भएका छन् । घर खाली हुँदा घरधनीहरु चिन्तित भएका छन् । यता, व्यापार व्यवसाय पनि ठप्पै छ । व्यापारीहरु भन्छन्, ‘सटर खोल्नु मात्र हो । बहनी समेत हुँदैन ।

सरकारले घरजग्गा कारोबार बढेको दाबी गरेपनि मालपोतमा घरजग्गा नामसारी शून्य छ । यातायात कार्यालयहरुमा पनि पहिलाजस्तो चहलपहल छैन । गाडीको किनबेच र नामसारीमा भारी गिरावट आएको छ । अहिले प्रधानमन्त्री केपीशर्मा ओली, अर्थमन्त्री विष्णु पौडेल र राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी तीनै जना एमाले हुन् । त्यसैले, पनि ृसेयरको मूल्य बढेको बताइन्छ ।

२०८१ फागुल्नमा गर्भनर अधिकारी अवकाश हुनेछन् । अहिले काँग्रेसभित्रै एमाले–काँग्रेस सत्ता साझेदारीलाई लिएर असन्तृष्ट छ । एमालेलाई दिएको समर्थन फिर्ता लिन काँग्रेसभित्र बहस शुरु भइसकेको छ । ओली सरकार सय दिन पनि नटिक्ने आम नागरिकको भनाइ छ ।

यता, संविधानविपरीत सरकार गठन भएको भन्दै ओली सरकारविरुद्ध सर्वोच्च अदालतमा समेत रिट परेको छ । ओली सरकार ढल्नासाथ सेयरको मूल्य पनि ह्वात्तै घट्ने छ । र, पहिलाजस्तै सोझासोझी लगानीकर्ता अथवा सर्वसाधारण नराम्ररी डुब्नेछन् । अहिले बेरोजगारी बढेको छ भने महँगो छोइनसक्नु भएको छ ।

बिहान–बेलुकाको छाक टार्न समेत सर्वसाधारणलाई धौंधौं पर्न थालेको छ । सरकारले विदेशीसँग २७ खर्ब ऋण् लिइसक्यो । प्रत्येक नेपालीको टाउकोमा लाखौं रुपैयाँ विदेशी ऋण छ । विदेशी ऋण नतिरे भोलि हाम्रो देशै नरहने जोखिम र चिन्ता पनि बढ्दै गएको छ । यद्यपि, सरकारमा बसेकाहरु अहिले पनि यसप्रति गम्भीर देखिँदैनन् ।

उनीहरुलाई न राष्ट्रको चिन्ता छ न त जनताके नै मतलब । जनता कर तिर्न नसक्ने अवस्थामा पुगेका छन् भने राजस्व उठ्न समेत छोडेको छ । अहिले सरकार एउटा देशबाट ऋण लिन्छ अनि अर्कोको साँवाब्याज तिर्छ । तर, यो कहिलेसम्म ? राज्यको ढुकुटीमा राजस्व उठ्न छोडेको छ । उठेको राजस्वले सरकारी कर्मचारीलाई समेत तलबभत्ता दिन पुग्दैन ।

अनि देश विकास चाँहि कसरी हुन्छ ? कसरी जनताले सेवासुविधा पाउँछन् ? देशलाई यो अवस्थामा पुर्याउने पनि यीनै राजनीतिक दल छन्। अहिले जनताहरु नेताहरुको विरोधमा लागिसकेका छन्। उनीहरु एकजुट हुँदै छन्। जनता सडकमा उत्रिएपछि कसैको केही लाग्दैन भन्ने उदाहरण आज हामीमाझ नै छ।

श्रींलकाका राष्ट्रपति र बंगलादेशकी प्रधानमन्त्री जनता सडकमा आएपछि देशै छोडेर भाग्न बाध्य भए । र, नेपालमा पनि यस्तो हुँदैन भनेर भन्न सकिँदैन।
त्यसैले, राजनीतिक दलहरु बेलैमा सचेत हुनुपर्छ। नभए देशबाट लखेटिन तयार भएर बस्नुपर्यो । हाम्रा नेताहरुले न देश विकास गर्न सके न त जनतालाई सेवासुविधा नै दिन सके।

यतिसम्म कि उनीहरुले जनताको पैसाको समेत सुरक्षा गर्न सकेनन्। महँगी नियन्त्रण त परको कुरा भयो । यसले आक्रोश जनताले जहिले पनि प्रधानमन्त्री निवास घेर्न सक्नेछन्, प्रधानमन्त्रीज्यू सचेत हुनु होला।