सरकार जनताको नभइ विचौलियाको पक्षमा छ: अध्यक्ष प्रचण्ड
काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान एमाले– कांग्रेस गठबन्धनको सरकारले जनताको नभई विचौलियाको पक्षमा काम गरिरहेको आरोप लगाएका छन्।
आइतबार साँझ विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले प्रभावमा परेर केपी ओली नेतृत्वको सरकारले असुल्नु पर्ने अर्बौ रुपैयाँ बक्यौता बिचौलिायको प्रभावमा पारेर छुट दिन खोजेको बताए।
उनले दलाल र विचौलियाकै कारण देशलाई अर्बौ रुपैयाँ घाटा भएको आरोप लगाए।प्रचण्डले जनताको अर्बौँ रकम छुट दिने दुश्साहस गरेमा सरकारविरुद्ध शसक्त्त संघर्ष थाल्ने चेतानी दिए।
उनले बहुमतको आडमा जे पनि गर्न सकिन्छ भन्ने दम्भबाट मुक्त हुन पनि सरकारलाई आग्रह गरे। उनले बंगलादेशमा भएको सत्ता परिवर्तनलाई पनि प्रचण्डले बहुमतको दम्भको घटनाको संज्ञा दिए। उनले दुई पार्टी मिलेर मात्र संविधान शंसोधन हुन सक्दैन भन्दै जनताको पक्षमा अझै समावेशी प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेमा जोड दिए।