टिआरसी कार्यदलले प्रधानमन्त्रीसहित शीर्ष नेतालाई आज प्रतिवेदन बुझाउँदै
काठमाडौं। सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकमा सहमति जुटाउन गठित कार्यदलले कार्यदलले आज शीर्ष नेतालाई प्रतिवेदन बुझाउने तयारी गरेको छ।
तयार भएको प्रतिवेदन आज बिहान ११ बजे सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बुझाउने तय भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बिहान ११ बजे तीन नेताले कार्यदलको प्रतिवेदन बुझ्ने तय भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ। १३ असारमा गठन भएको कार्यदलमा एमालेबाट महेश बर्तौला, कांग्रेसबाट रमेश लेखक र माओवादीबाट जनार्दन शर्मा सदस्य छन्।