पहिरोले देशभरका १३ स्थानमा सडक अवरुद्ध
काठमाडौं। भारी वर्षाका कारण पहिरो जाँदा देशका विभन्न १३ ठाउँमा सडक अवरुद्ध भएका छन्। गृहमन्त्रालय अन्तर्गतको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाका अनुसार कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका राजमार्ग अवरुद्ध भएका छन्।
चितवन ईच्छाकामना गाउँपालिका न्याग्दीखोला, बागलुङ नगरपालिका १० डब्ल्याङ, रुकुम सिस्ने गाउँपालिका ६ पाखागाउँ, पाल्पा रिद्विकोट गाउँपालिका २ जोत्ने, रोल्पा परिवर्तन गाउँपालिका १ पुत्लाचौरमा पहिरोले सडक अवरुद्ध भएको छ।
त्यस्तै सिन्धुपाल्चोक बलेफी गाउँपालिका ८ जुरे, सोलुखुम्बु दूधकुण्ड नगरपालिका ११ साल्मे, खोटाङ हलेसी तुवाचुङ नगरपालिका ३ बोझेखोला, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ३ खागदल सडकमा पहिरो जाँदा सवारी आवागमन अवरुद्ध भएको हो।
त्यसैगरी डोल्पारत्रिपुरासुन्दरी नगरपालिका १ छलगाड, रुकुम पश्चिमरमुसिकोट नगरपालिका रिमदह, सल्यान कपुरकोट गाउँपालिका ३ चोरखोला, कालीकोट शुभकालिका गाउँपालिका १ एस मोड र गगनेखोलामा पहिरोले सडक अवरुद्ध भएको प्रतिकार्य शाखाले जनाएको छ। अवरुद्ध ती सडक प्रहरी, सेना तथा स्थानीयको सहयोगमा खुलाउने प्रयास भइरहेको गृह मन्त्रालयले जनाएको छ।