बिचौलियाले बनाएको ओली सरकार धेरै दिन टिक्दैन: उपमहासचिव पुन

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले वर्तमान सरकार धेरै दिन नटिक्ने बताएका छन्। पार्टीसम्बद्ध काठमाडौं–रोशी गाउँपालिका (काभ्रे) सम्पर्क समितिको पालिका भेलालाई शनिबार राजधानीमा सम्बोधन गर्दै उपमहासचिव पुनले कांग्रेस(एमाले गठबन्धन सरकार लामो समय नचल्ने बताएका हुन्।

उनले सरकारमा भएर पनि कांग्रेस(एमालेपंक्तिको मनोबल खस्किएको भन्दै दुवै दलका नेताले आफूहरूसँगको अनौपचारिक कुराकानीमा सरकार हनिमुन अवधि ९एक सय दिन० कटाउन मुस्किल रहेको बताउन थालेको बताए।

आफूहरूको प्राथमिकतामा सरकार नरहेको, तर चाहेको अवस्थामा यो सरकार ढाल्न कुनै समस्या नभएको भन्दै उपमहासचिव पुनले भने, ‘कांग्रेस–एमालेकै नेताहरूले हामीलाई सरकारले हनिमुन पिरियड कटाउँछ कि कटाउँदैन भन्न थालेका छन्।

संसदमा र बाहिर पनि एमाले–कांग्रेस दुवै हामीसँग नरम व्यवहार गरिरहेका छन्। किन भने संसद्को अंकगणितका कारण कुनै पनि वेला माओवादी हामीलाई चाहिन्छ भन्ने उनीहरूले बुझेका छन्।

उपमहासचिव पुनले नयाँ सरकार बनेपछि कांग्रेस–एमालेमा आन्तरिक किचलो बढेकोसमेत जिकिर गरे। कांगेसका दुवै महामन्त्रीले एमालेसँग गठबन्धन गर्नुको अर्थ उसका कमजोरीको भारी बोक्ने होइन भन्दै गिरीबन्धु टी स्टेट प्रकरणको छानबिन हुनुपर्ने अडान लिनुले ओली सरकारको जग हल्लिन थालेको पनि पुनले बताए।

भ्रष्टाचार, तस्करी, अनियमितता, राज्य दोहनका विरुद्ध र सुशासनका पक्षमा उभिएका कारण माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढालिएको उपमहासचिव पुनले बताए।

पुनले गिरीबन्धु टिस्टेट, बालुवाटार र बालमन्दिर जग्गा हिनामिना प्रकरण,विगतमा कांग्रेस–एमाले संलग्न भएका भ्रष्टाचार, तस्करी र राज्य दोहनबारे सरकारले छानबिन थालेपछि र बेचन झा पक्राउ परेपछि केही बिचौलिया र दलाल पुँजीपति समूहले आफ्नो स्वार्थमा कांग्रेस–एमालेलाई मिलाएको आरोप लगाए।