ललितपुरको ठोस्ने खोलाले बगाएकी बालिकाको शव भेटियो
काठमाडौं। ललितपुरमा खोलाले बगाएर बेपत्ता भएकी एक बालिकाको शव भेटिएको छ। आइतबार कोन्जोसोम गाउँपालिका–३ सिलिङगेबेसीको ठोस्ने खोलाले बगाएर वेपत्ता काभ्रे पनौती घर भएकी प्रमीला भण्डारीकी छोरी साढे २ वर्षीय प्रिन्सिका भण्डारीको शव सोमबार भेटिएको हो।
उनीहरू सोही गाउँपालिकाको दलचोकीमा बस्थे। खोजी गर्ने क्रममा खोलाले बगाएर ल्याई रूखको हाँगामा अड्किएको अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिएको छ।