जनार्दन र वर्षमान प्रचण्ड पन्छाउन एकठाउँमा, चौतर्फी घेराबन्दीमा पर्दै प्रचण्ड

काठमाडौं। नेकपा (माओवादी केन्द्र)मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि उपमहासचिव जनार्दन शर्माले नेतृत्व छाड्न स्थायी समिति बैठकममा निरन्तर दबाब बढाउदै गएका छन्। शर्माले प्रचण्डललाइ नेतृत्व छाड्छन् प्रस्ताव पेश गरेपछि अहिले प्रचण्डले नेतृत्व छाड्लान कि जनार्दनले पार्टी भन्ने विषयले चर्चा पाएको छ।

९ वर्षपछि प्रतिपक्षी कित्तामा पुगेपछि झस्किएको माओवादीले पार्टी पुनःनिर्माणबारे बहस भइरहेका बेला अध्यक्ष प्रचण्डमाथिको दबाब अर्थपूर्ण देखिएको छ। जसले प्रचण्ड चौतर्फी घेराबन्दीमा पर्दा के उनले नेतृत्व छाड्लान त भन्ने प्रश्न खडा भएको छ। अब अध्यक्ष प्रचण्डसँग विकल्प के हुन सक्छ त भन्ने विषयले पनि स्थान पाउने देखिएको छ।

स्थायी समिति बैठकमा नेतृत्वमाथिको प्रश्न चर्को बनेपछि नेकपा माओवादी केन्द्रमा हलचल आएको छ। यसले प्रहारको केन्द्रमा रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड घेराबन्दीमा पर्दा उनीविरुद्ध आगो ओकल्ने बलिया देखिएका छन्।

मूल नेतृत्वले पार्टी विधि र प्रणाली मिच्दा पार्टीमा समस्या आएको भन्दै आक्रोशित सुनिएका उनीहरुले सही विधि, प्रणाली बनाउन जोड दिएका छन्।जसको अग्रपङक्तीमा उपमहासचिव जनार्दन शर्मा देखिँदा उनले त नेतृत्व हस्तान्तरणको विकल्प लिखित रुपमै पेश गरेका छन्।

उनका अनुसार प्रचण्डको हालसम्मको योगदानलाई स्थापित गर्न बाँकी समय उनको भूमिकालाई सुनिश्चत गर्न वैचारिक काम र सत्ताको नेतृत्व गर्ने जिम्मेवारीसहित सांगठनिक क्षेत्रको भूमिका उनले चाहेको व्यक्तिलाई हस्तान्तरण गर्ने विषय हस्तान्तरणको विकल्प अन्तर्गत राखिएको छ।

त्यस्तै प्रचण्ड संरक्षकको भूमिकामा रही वैचारिक प्राधिकार र सत्ताको नेतृत्व गर्ने तथा हालका पदाधिकारीहरु सल्लाहकारको भूमिकामा रही विभागीय काम, अनुगमन, मूल्याङ्कन, स्कुलिङ, प्रशिक्षण गर्ने र तेश्रो तहका युवाहरुलाई कार्यकारी सांगठनिक नेतृत्व हस्तान्तरण गर्ने विकल्प अर्थात नेतृत्व पुस्तान्तरणको विकल्पसमेत अगाडि सारिएको छ।

हालको केन्द्रीय समिति भङ्ग गरी प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाई महाधिवेशनमार्फत प्रत्यक्ष निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्नेगरी मिति तोक्ने तेश्रो विकल्प समेत शर्माले दिएका छन्।

जुन विकल्पकै समान हुनेगरि यसअघि नै हरिबोल गजुरेलले प्रस्ताव अघि सारेको उदाहरणकाबीच अर्का उपमहासचिव वर्षमान पुनसमेत यहि बाटोमा छन्।
जसले प्रचण्ड चौतर्फी घेराबन्दीमा पर्दा ओनसरी घर्ती लगायतका नेताहरुले पार्टीमाथि तस्करीको ट्याग लगाउन अध्यक्षले नै सहयोग गरेको आशय व्यक्त गरेका छन्। यसले माओवादीमा प्रचण्ड भर्सेस अन्य नेताकै अवस्थामा बन्दा उनैले भिडाएका दुई उपमहासचिव नै एक ठाँउमा उभिने अवस्था सृजना भएको छ।

यसरी हेर्दा प्रचण्डले आफ्नो ३६ बर्षे नेतृत्व छोड्नुको विकल्प नभएकै रुपमा यसलाई विश्लेषण गरिएको छ। तर विगतलाई हेर्दा धोबीघाटमा प्रचण्डलाई घेराबन्दी गर्दा मोहन वैद्यविरुद्ध बाबुराम भट्टराई प्रयोग भए भने वैद्यले पार्टी नै छोडेका थिए।

त्यस्तै जनयुद्धकालीन संरचनाले अब माओवादी नचल्ने बताएका डा।बाबुराम भट्टराईले समेत नयाँ शक्ति बनाउनु पर्यो। नेतृत्वकै लडाईका कारण तत्कालीन नेकपा फुट्यो भने ओली प्रचण्ड आफ्नै बाटो लाग्ने अवस्था बन्यो।

यसले प्रचण्डलाई त घाटा भएन बरु एमाले टुक्राए। अर्थात मुद्दा र आकारमा संकटमा रहे पनि प्रचण्ड फाइदामै छन्। यही कारण ३६ बर्षदेखि उनी निरन्तर नेतृत्वमा रहँदा उनीसँग भिड्न खोज्नेहरु नै साइडलाग्नु परेको अवस्था छ।

अहिले चर्किएको दबाबमासमेत उनी बाहिर सोचेजस्तो प्रभावित हुने अवस्थामा भने देखिँदैनन्। त्यसका लागि यसअघि शर्मा र पुनलाई महासचिवमा भिडाएर देव गुरुङलाई अघि सारेका प्रचण्डले अब के गर्लान त।

जहाँ अहिले वर्षमान पुन नरम सुनिँदा केहि समय अघिसम्म प्रचण्डको नेतृत्वमाथि प्रश्न गर्ने नारायणकाजी श्रेष्ठसमेत चुप छन्। जसले केवल जनार्दन मात्र आक्रोशित पात्रका रुपमा देखिँदा फेरि वर्षमान बोकेर विरोधी आवाज सानो बनाउन सक्ने फाइदामै प्रचण्ड देखिएका छन्।

यसले प्रचण्डलाई सोचेजस्तो साइजमा ल्याउने अन्य नेताहरुको सपना पूरा हुने सम्भावना कमदेखिन्छ। तर अरुलाई भिडाएर शक्ति आर्जन गर्ने विगतको जस्तो सहज फाइदामा भने प्रचण्ड पनि देखिएका छैनन्।

हुन त केहि दिनमै मावधकुमार नेपाल,भीम रावल,नेत्रविक्रम चन्द (विप्लव) र वामदेव गौतम एक ठाँउमा उभिने चर्चा समेत चलेको छ। जसले माओवादी हाराहारीको शक्ति निर्माण हुने र त्यसपछि बाँकी प्रक्रिया अघि बढ्ने टिप्पणी भइरहेको छ।

यसपछि पार्टी एकीकरण भएमात्रै यो बहस प्रचण्ड माधवतर्फ अघि बढ्ने सम्भावना बढी छ। यसले विशेष महाधिवेशन यसै टर्ने छ भने पार्टी चलाउन गाह्रो परिरहेकाहरुको उद्धारसमेत हुने देखिएको छ।

फलतः प्रचण्डले यसलाई अर्को अस्त्र बनाउने सक्ने चर्चाकाबीच कठिन अवस्थामा खेल्ने प्रचण्ड प्रवृत्ति यो पटक कति सफल रहन्छ, आगामी दिनहरुले निर्धारण गर्ने नै छ।

त्यस्तै पार्टी फुट्ने आशंकाका बिच माओवादीमा उपमहासचिव जनार्दन शर्माको प्रस्तावले फेरि एकपटक तरंग ल्याएको छ। पार्टीले जनतामा जाने तयारी गरेका बेला स्थायी कमिटी बैठकमा शर्माले निर्मम समीक्षा सुझाएको प्रतिवेदन प्रस्तुत गरेपछि प्रचण्डमाथि दबाब सृजना भएकाे छ।

जसमा उनले समस्याका ९ कारण, पार्टी निर्माणका लागि १६ कार्य नीति र सुझाव तथा नेतृत्व हस्तान्तरणका लागि तीन विकल्प नै प्रस्तुत गरेका छन्।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि समेत उनले दर्जनौँ आरोप र गुनासो गरेका छन्। यसअघि घुमाउरो शैलीमा पार्टी बिग्रिनुको दोष प्रचण्डलाई नै दिँदै नेतृत्व छाड्न दबाब दिएका जनार्दनले यसपटक भने सरकार र पार्टी संगठनमा भएको उथलपुथलबारे समेत प्रचण्डको जवाफ खोजेका छन्।यस्तै आफूविरुद्ध पार्टी र राज्यशक्ति समेत परिचालित गरिएको दाबी जनार्दनले गरेका छन्।