प्रधानमन्त्री रोजगार कार्यक्रमको जिम्मा अब स्थानीय तहलाई

काठमाडौं। सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको सबै जिम्मा स्थानीय तहलाई दिइएको छ।

उक्त कार्यक्रमको पुनर्संरचना गरी चालु आर्थिक वर्षदेखि स्थानीयकरण गरिएको हो।

हालसम्म कार्यक्रमहरू स्थानीय निकायले कार्यान्वयन गर्ने तर मोडालिटी भने संघीय सरकारले तय गर्ने गरिएको थियो। अब सो मोडालिटी पनि स्थानीय निकायले नै तय गर्ने जिम्मा दिइएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत प्रधानमन्त्री रोजगार कार्यक्रमका राष्ट्रिय निर्देशक दीपकराज नेपालले अबदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम उत्पादनमूलक तालिम दिने गरी स्थानीयकरण गरिएको जानकारी दिए।