लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउनु हुँदैन: अध्यक्ष नेपाल

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले लामो सङ्घर्ष र जनताको बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउन नहुने बताएका छन्।

पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने कुनै प्रकारको षड्यन्त्र सह्य नहुने बताएका हुन्।

नेपाली जनताको मुक्ति र नेपाली समाजको रूपान्तरणका लागि स्थापित कम्युनिष्ट पार्टी अहिले विभिन्न रूपमा विभाजित भएकाले विगतका कमजोरीलाई सच्याएर एकताबद्ध हुनुपर्ने उनको भनाइ थियो।

सो कार्यक्रममार्फत जनता समाजवादी पार्टीका केन्द्रीय सदस्यहरू विशेश्वर यादव, धनेश्वर यादव, कुलदीप यादवलगायत नेताहरू नेकपा ९एस० मा प्रवेश गरेका थिए।

विशेश्वर यादव जसपा धनुषा क्षेत्र नम्बर २ ९क० का पार्टी इन्चार्ज हुनुहुन्छ भने धनेश्वर यादव धनुषा कमलानगर नगरपालिका–३ का पूर्व वडाध्यक्ष छन्। अध्यक्ष नेपाल, पार्टीका केन्द्रीय सदस्य रामचन्द्र झा, सोमप्रसाद पाण्डे, केदार सञ्जलले उनीहरूलाई पार्टीमा स्वागत गरेका थिए।