भदौमा पनि अधिकांश बैंकले घटाए ब्याजदर (कुन बैंकको ब्याजदर कति )
काठमाडौं। अधिकांश वाणिज्य बैंकहरूले भदौ महिनाका लागि ब्याजदर घटाएका छन्। शुक्रबार सार्वजनिक विवरण अनुसार २० मध्ये १२ वाणिज्य बैंकले मुद्दती निक्षेपमा दिने ब्याजदर घटाएका हुन्। ७ बैंकले स्थिर राख्दा प्राइम कमर्सियलले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर बढाएको छ।
स्टान्डर्ड चार्टर्ड, नबिल, ग्लोबल आईएमई, लक्ष्मी सनराइज, सिटिजन्स, माछापुच्छ्रे र कुमारीले ब्याजदर स्थिर राखेका छन्। १२ बैंकले ब्याजदर घटाउँद्या औसत ब्याजदर पनि घटेको छ। साउन महिनामा व्यक्तिगत मुद्दतीमा २० वाणिज्य बैंकहरुको अधिकतम औसत ब्याजदर ६.७३ प्रतिशत रहेकोमा भदौमा यो घटेर ६.५४ प्रतिशतमा झरेको छ।
साउनको तुलनामा भदौमा ब्याजदर घटाउने बैंकमा कृषि विकास, राष्ट्रिय वाणिज्य, एसबीआई, नेपाल, सानिमा, नेपाल इन्भेस्टमेन्ट मेगा, सिद्धार्थ, प्रभु, एनएमबी, एनआईसी एसिया, हिमालयन र एभरेस्ट छन्।
कुन बैंकको ब्याजदर कति
बैंक/ साउनको ब्याजदर / भदौको ब्याजदर
राष्ट्रिय वाणिज्य – ६.२१ – ६.०७
कृषि विकास -६.२९ – ६.०६५
नेपाल एसबीआई -६.३ – ६.२५
लक्ष्मी सनराइज – ६.५ – ६.५
ग्लोबल आईएमई – ६.२५ – ६.२५
कुमारी – ६.७१ – ६.७१
प्राइम -६.५ – ६.७५
नेपाल – ६.२५ – ५.२५
सानिमा -६.४ – ६.२
सिटिजन्स -६.७५ – ६.७५
नबिल – ७ – ७
इन्भेस्टमेन्ट मेगा – ७ – ६.५
सिद्धार्थ -६.७५ – ६.५
स्टान्डर्ड चार्टर्ड – ७ – ७
माछापुच्छ्रे – ७ – ७
प्रभु -७ – ६.१
एनएमबी – ७.५३ – ७.४१
एनआईसी एसिया – ७.५३ – ७.४१
एभरेस्ट – ६.३ – ६.१
हिमालयन – ७.५ – ७