नयाँ पार्टी खोल्न सुझाब आएको हो: उपमहासचिव शर्मा
काठमाडौं। नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी निर्माण गर्न दिएको सुझाबलाई गलत रुपमा प्रचार गरेको बताएका छन्।
नेकपा माओवादी केन्द्र काठमाडौं-रुकुम पश्चिम सम्पर्क समितिको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै उपमहासचिव शर्माले पार्टी निर्माणका लागि आफ्नो योजनासहित दिएको सुझाबलाई पार्टी अध्यक्ष प्रचण्डलाई नेतृत्वबाट हटाउन लागेको भन्दै झुटो प्रचार भएको बताए।
उनले आफूलाई नयाँ पार्टी खोल्नलाई पनि सुझाब आएको टिप्पणी गरे। उनले आफूलाई नयाँ पार्टी दर्ता गर्न सुझाब आएको भन्दै भने,मलाई नयाँ पार्टी खोल्न सुझाब आएको छ। तर म खोल्दिन, मेरो पार्टी यो नै हो। आन्दोलनमा लागेको ६ वर्षपछि कमरेड प्रचण्डसँग भेट भएको हो। आज ६१ वर्ष भयो। आजसम्म पार्टीविरुद्ध कुनै काम गरेको छैन।