प्रचण्ड र जनार्दनबीचको संघर्ष तत्काल अन्त्य,माधव–विप्लवसँग पार्टी एकताको हल्लाले जनार्दन व्याक
आर.एस. महतारा
काठमाडौं।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबीचको अन्तरसंघर्ष केही साम्य भएको देखिएको छ। प्रचण्डले जनार्दन शर्मालाई साइजमा ल्याउन माधव–विप्लवसँग पार्टी एकताको कुरा गरेर तर्साउने गरेका छन् भने यता बाहिर रहेका कम्युनिस्ट पार्टीलाई एक ढिक्का बनाएर प्रधानमन्त्री ओलीसँग भिड्ने तयारी गरिरहेका छन्।
पार्टीको नेतृत्वबाट हात धुनु पर्ने डरमा रहेका माओवादी अध्यक्ष प्रचण्ड अब पार्टीको सङ्कट टरेको भन्दै खुशी देखिन थालेका छन्। तर, के साचिकै अध्यक्ष प्रचण्डले भनेको जस्तै माओवादीमा सङ्कट टरेकै हो त भन्ने प्रश्न भने खडा भएकाे छ।
सत्ताको नेतृत्वबाट बाहिरिएर कुर्सीको बिछोडमा तड्पिरहेकै बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पार्टीभित्र पनि ठूलो सङ्कट आई पर्ने आँकलन गरिएको थियो।
पार्टीको स्थायी समिति बैठकमा उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले लिखित रुपमा नै पार्टी नेतृत्वको विकल्प खोजेपछि चार दशकसम्म मुखिया बनेर बसेका प्रचण्डमाथि अर्को बज्रपात खस्ने डर सिर्जना भएको थियो।
नेतृत्व हस्तान्तरण गर्ने वा महाधिवेशनमा चुनावमा भिड्ने शर्माको प्रस्तावले ठूलै तरङ्ग ल्याउँदा प्रचण्डको राजनीतिक भविष्याबारे पनि विभित्र टिकाटिप्पणी सुरु भईसकेको थियो।
कि त जनार्दनले पार्टी फुटाउँछन् हैन भने नेतृत्वलाई बाहिर्गमनको बाटो देखाउँछन् भन्त्रे विश्लेषण भईरहँदा यी सब गन्थनमन्थनलाई अध्यक्ष प्रचण्डले रद्दीको टोकरीमा मिल्क्याइ दिएका छन्।
जनार्दन र आफूबीच कुनै पनि बैमनश्यता नभएको र शनिबार बिहानमात्रै पनि आफ्नो निवास खुमलटारमा एकताबद्ध भएर जाने छलफल भएको बताएका प्रचण्डले जनार्दनले पार्टी फुटाउने कुरा निराधार रहेको स्पष्टीकरण दिए। कार्यकर्तालाई पनि ढुक्क हुन सुनाएका प्रचण्डले अब पार्टी फुट्ने संकट टरेको बताएका छन्।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवसँग छलफल गरेर स्थायी समिति बैठकमा जवाफ दिन पुगेका प्रचण्डले जनार्दनलाई दबावमा राखेका थिए।
पार्टी एकीकरणको चर्चा चुलिरहँदा उनीहरूको वार्ताले जनार्दन हच्किएका छन्। यदि माधव र विप्लव पार्टीमा भित्रिँए त्यसको असर जनार्दनले खेप्नु पर्ने छ। माथिलो बरियताका नेता पार्टीमा छिरे मर्यादाक्रमको हिसावले पनि जनार्दन सोझै पुच्छार तिर झर्छन्। त्यसो हुँदा अहिलेको उनको नेतृत्व प्रतिको आंकाक्षा र विष बमन टाईटाई फिस हुने पक्का थियो।
नारायणकाजी श्रेष्ठ, वर्षमान पुनः हरिबोल गजुरेल जस्ता नेताले पनि प्रचण्डको विकल्प नभएको निष्कर्ष निकालेपछि पार्टी फुटाएर लाने सामथ्र्य पनि शर्मामा छैन। अन्ततः प्रचण्डलाई बहिर्गमनको बाटो देखाउनतिर लागेका जनार्दश एक्लै परेपश्चात् पछि हट्न बाध्य बने।
प्रचण्डको विकल्पमा पार्टी हाक्ने सामथ्र्य कोही कसैमा नभएको र पार्टीको नेतृत्वमा प्रचण्ड भए धुलो अरु भए लुलो हुने बुझेका दोस्रा तहका नेताहरू नेतृत्वलाई बलियो बनाएर गोलबन्द हुनुको विकल्प नभएको बताउने गरेका छन्।
प्रचण्डले पार्टीभित्र र बाहिर दुबैतर्फबाट दबावमा पारेका जनार्दनसँग पार्टी फोड्नु, छोड्नु र सहर बस्नु तीन विकल्प मात्रै बाँकी हुँदा उनले अन्तिम विकल्प रोजे।
तत्कालका लागि शर्मासँग सहेर बस्नुको विकल्प नहुँदा प्रचण्ड ‘फ्रन्टफुट’मा देखिएका छन्। तर, शर्माले उठाएका असन्तुष्टिका आवाजहरू भने पूर्णरुपमा बन्द नै भईहालेको छैन। माओवादीमा नेतृत्वको सुधार र परिवर्तन अपरिहार्य रहेको बुझाई अझै पनि पार्टीका नेताहरूको छ।
प्रचण्ड यसपटक शर्मामाथि हाबी भए पनि माओवादीको सङ्कट भने अझै कायम नै छ । प्रचण्डले भनेको जस्तै तत्कालका लागि खड्गो टरेको जस्तो देखिए पनि विरोधका आवाज पूर्ण रुपमा मथ्थर भएको छैन।
३५ वर्ष देखि नेतृत्वमा नै टाँसिरहेका प्रचण्डले पार्टीमा नेतृत्व गर्न सामथ्र्य राख्ने एक जना पनि उत्पादन गर्न नसक्नुले उनको लिडरसिपमा प्रश्न उठिसकेको छ।
पार्टी निरन्तर ओरालो यात्रामा लागिरहँदा पनि सत्ता र शक्ति नै एकमात्र उद्देश्य राखेका प्रचण्ड अनेकन तिगडम गरेर नेतृत्वमा बसिरहँनु भन्दा पार्टीका अन्य पदाधिकारीको कुरा सुनेर नेतृत्व हस्तान्तरण गर्दा उनलाई र पार्टी दुबैलाई फाइदा हुने देखिन्छ। होइन भने जतिसुकै वर्ष नेतृत्व लम्ब्याउन सफल भए पनि पार्टीलाई भने त्यसले लाभ हैन क्षति हुने देखिन्छ। त्यसैले अब हेरक पार्टीका पाका नेताहरूले बेलैमा नेतृत्व युवाहरूरलाइ सुम्पिदा नयाँ जाेस जागरका साथ जनताले पनि आशा र भराेसा गर्ने स्थिति पैदा हुँदै जाने देखिन्छ।