भूकम्प पीडितको टहरामा पहिरो, एकै परिवारका ३ जनाको मृत्यु
काठमाडौं। जाजरकोटमा पहिरोले अस्थायी टहरा पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। सोमवार बिहान जिल्लाको नलगाड नगरपालिका २ डाँडागाउँमा आएको पहिरोमा परी तीन जनाको मृत्यु भएको हो।
भूकम्पले घर पूर्ण क्षति बनाएसँगै अस्थायी आवासमा बस्दै आएका तीन जनाको पहिरोमा परि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख पुरुषोत्तम भण्डारीले बताए।
घरमाथीबाट आएको पहिरोमा परी डाँडागाउँ बस्ने लाल बहादुर परियार, उनकी श्रीमती मनिषा विक, वर्ष दुईको छोरा शुभम परियारको मृत्यु भएको हो। प्रहरीले घटनास्थलबाट पहिरोमा पुरिएको अवस्थामा उनीहरुको शव निकालेको जनाएको छ।