क्रान्तिकारी कम्युनिस्ट पार्टी (विद्रोही) काे उपत्यका स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न
काठमाडौं। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल विद्रोहीले उपत्यका स्तरीय प्रशिक्षण कार्यक्रम काठमाडौंको चाबहिलमा सम्पन्न गरेको छ। सशस्त्र छापामार संघर्ष, राष्ट्रिय मुक्ति युद्ध र जनविद्रोहको मार्गचित्र नै नेपाली क्रान्तिको मार्ग चित्र भएको नेताहरूले बताएका छन्। राष्ट्रिय मुक्ति क्रान्तिको मार्ग चित्रको बाटोमा दृढ्तापूर्वक अगाडि बढ्ने प्रशिक्षण कार्यक्रममा बताइएको छ।
प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै क्रान्त्तिकारी कम्युनिस्ट पार्टी नेपाल विद्रोही नेता हरिकृष्ण गजुरेलले राष्ट्रिय मुक्ति क्रान्तिलाइ सानदार ढंगले अगाडि बढाउने ठोकुवा गरेका छन्। उहाँले देशभरका युवाहरूलाइ मुक्ति क्रान्तिमा लामबद्ध गर्दै दक्षिणपन्थी नवसंशोधनवादी, नवप्रतिक्रियावादी र बुर्जुवा संसदवादी प्रवृत्ति विरुद्ध युवाहरूले विद्रोह गरेर जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्न मुक्ति क्रान्तिको बाटोमा दृढतापूर्वक अगाडि बढ्ने बताए। उहाँले दलाल पुँजिवादी संसदीय व्यवस्थालाई परास्त गर्ने वैचारिक हतियार मुक्ति क्रान्ति निर्विकल्प भएको पनि बताए।
त्यस्तै उपत्यका स्तरीय प्रशिक्षण कार्यक्रमलाइ बसन्त बोगटीले सम्बोधन गर्दै अब सशस्त्र छापामार संघर्ष, राष्ट्रिय मुक्ति युद्ध र जनविद्रोहको मार्गचित्र नै नेपाली क्रान्तिको मार्ग चित्र भएको बताएका थिए। राष्ट्रिय मुक्ति क्रान्तिको मार्ग चित्रले नै नेपाल र नेपाली जनताको मुक्ति गर्ने बताए। त्यसैले राष्ट्रिय मुक्ति क्रान्तिको बाटोमा दृढ्तापूर्वक अघि बढ्न समेत बोगटीले सबैलाइ आग्रह गरेका छन्।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बिद्रोही नेता भूपेन्द्र न्यौपानेले उपत्यका स्तरीय प्रशिक्षणले नेता कार्यकर्तालाइ हौसला मिलेको बताएका छन्। उहाँले दक्षिणपन्थी नवसंशोधनवादी र बुर्जुवा संसदवादी प्रवृत्ति विरुद्ध आफुहरूले चालेकाे कदमलाइ युवाहरूले विद्रोह गरेर मुक्ति क्रान्तिको बाटोमा अगाडि बढ्न हाैसला प्रधान गरेको बताए।
त्यस्तै दक्षिणपन्थी नवसंशोधनवादी र बुर्जुवा संसदवादी प्रवृत्ति विरुद्ध आफुहरूले राष्ट्रिय मुक्ति युद्ध र जनविद्रोहको मार्गचित्र लिएर नेपाली जनताहरूकाे मुक्तिकाे लागि एकमात्र विकल्प रहेकाे बिद्राेही नेता शिलु न्याैपानेले बताइन। त्यस्तै मुक्ति आन्दोलनका नेताहरू इन्द्रिरा अधिकारी,सुनिता बुढाथोकी,तेजविक्रम शाही र कुमार घतानेलगायतका नेताहरूको उपस्थिति रहेको छ।
त्यस्तै काठमाडौं,ललितपुर र भक्तपुर जिल्लाका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो।त्यसैगरी बिद्रोही निकट विभिन्न जनवर्गीय संगठनका नेताहरूको पनि बाक्लो उपस्थिति गराईएको थियो।