सिधाकुरा प्रकरणः फेक अडियो बनाएको आरोपमा राजकुमार तिमल्सिना पक्राउ
काठमाडौं। सिधा कुराले प्रसारण गरेको फेक अडियो बनाएको आरोप लागेका राजकुमार तिमल्सिना पक्राउ परेका छन्। उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले बुधबार साँझ काठमाडौंबाटै पक्राउ गरेको एसपी अंगुर जीसीले जानकारी दिए।
तिमल्सिनाले बनाएको अडियोलाई सिधा कुरा अनलाइनले ‘द डार्क फाइल’ नाम दिएर प्रसारण गरेको थियो। जसमा सर्वोच्च अदालतका न्यायाधीशसमेत संलग्न भएर भ्रष्टाचारका मुद्दा खारेज गर्ने सेटिङ गरेको दाबी गरिएको थियो।
सर्वोच्चकै आदेशमा सिधा कुराुमा प्रसारित सामग्रीमा प्रयोग भएको अडियो फरेन्सिक परीक्षणबाट फेक प्रमाणित भएको थियो।सिधा कुरा मिडियाविरुद्धको अदालतको अवहेलना मुद्दामा भोलि फैसला हुने तय भएको छ।