आगामी मंगलबारसम्म नेपालका सबै इन्टरनेट प्रदायकको नेटवर्कमा टिकटक चल्ने
काठमाडौं । आगामी मंगलबारसम्ममा नेपालका सबै इन्टरनेट प्रदायकको नेटवर्कमा सामाजिक सञ्जाल टिकटक चल्ने भएको छ। त्यसका लागि टिकटकका प्रतिनिधिले काम गरिरहेका छन्।
आइतबार नै सबै काम सकिएमा बेलुकादेखि चल्ने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ। नेपाल सरकारले भदौ ६गते टिकटक प्रतिबन्ध फुकुवा गरे पनि सबैतिर अझै चलेको छैन।
टिकटकका प्रतिनिधिले शुक्रबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङसँग भेट गरेर सरकारले अघि सारेका चारवटै सर्त पालना गर्न तयार रहेको प्रतिबद्धता जनाएका छन्।