मुग्लिङ–नारायणगढ सडक खण्डमा बस दुर्घटना,१० जना घाइते
चितवन। मुग्लिङ–नारायणगढ सडकखण्डको घुमाउनेमा यात्रुवाहक बस दुर्घटना भएको छ। महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस आइतबार बिहान भरतपुर महानगरपालिका वडा नम्बर २९ घुमाउनेमा अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको हो।
दुर्घटनामा १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। घाइतेहरुलाई उपचारको लागि भरतपुर लगिएको छ।
बस अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ। सडक किनारमा लगाइएको बारले छेकेकाले बस त्रिशूली नदीमा खस्नबाट जोगिएको छ।