चाडबाडको मुखैमा,बजारमा छैन चहलपहल

 नेपालीहरुको महान् चाड हो, दशैं । वर्षोभरि मिठो नखाएका र नयाँ लुगा नलगाएकाहरुले दशैंमा एक छाक भएपनि मिठो खान्छन् र नयाँ कपडा लगाउँछन् । करिब चार वर्षअघि विजय दशमी आउनु महिनौं दिनअघि नै बजारमा चहलपहल बढ्थ्यो । भीडले थामिनसक्नु हुन्थ्यो बजार । यो वर्षको दशैं आउन डेढ महिना पनि बाँकी छैन।

दशैं मुखमै आइसकेको छ तर बजार सुनसान छ । अहिले नै काठमाडौं उपत्यकामा कोठा, सटर, फ्ल्याट थुप्रै खाली भएका छन् । तर, दशैंपछि झन् घरहरु खाली हुने बताइन्छ । मुलुकको जनसंख्या झण्डै तीन करोड छ । त्यसमध्ये करोडौं जनता शिक्षा र रोजगारीका निम्ति विदेशिएका छन् । मुलुकभर ७७ वटा जिल्ला छन् ।

दशकअघि माओवादी जनयुद्ध, गरिबी, बेरोजगारीलगायतका कारण मानिसहरुले गाउँ छोडे । शिक्षा, स्वास्थ्य र अवसरको खोजीमा कोही शहर पसे त कोही जिल्लाको सदरमुकाम । तर, अहिले जनयुद्धको समाप्तीसँगै गाउँमा बत्ती, पानी, सडक, शिक्षा, स्वास्थ्यको पहुँच पुगेपछि अधिकांश आफ्नो गाउँ फर्किएका छन् । त्यस्तै, धेरै नेपालीहरु रोजगारीका लागि खाडी मुलुकलगायत विभिन्न देशमा छन् ।

२०४० सालसम्म काठमाडौं उपत्यकामा खेतीयोग्य जमिन थुप्रै थियो । त्यतिबेला घर नै देखिन्थ्यो । कहीकतै घर भएपनि कच्ची माटोको हुन्थ्यो । खेतबारी नै खेतीबारी थियो उपत्यकामा । सो समयमा नेपालले अन्य मुलुकमा खाद्यान्न निर्यात गथ्र्यो । विश्वमै खाद्यान्न निर्यात गर्ने मुलुकमा चिनिन्थ्यो, हाम्रो देश । कतिपय अवस्थामा त अनुदान समेत खाद्यान्न दिइन्थ्यो ।

०४२ सालदेखि भूमाफिया, जग्गा दलालीहरुले खेतीयोग्य जमिन वा खेतबारी प्लाटिङ गर्न थाले । एक रोपनी जग्गामा १६ आना हुन्छ । गरिब, निमुखा किसानसँग रोपनीको दश÷बीस हजारमा जग्गा किने । अनि त्यो जग्गामा डोजर चलाएर खण्डीकरण गरी दलालीहरुले आनाकै लाखौं रुपैयाँमा बेचे । यतिले मात्र नपुगेर सरकारी, सार्वजनिक जग्गा समेत छोडेनन् ।

कानून व्यवसायी र सरकारी कर्मचारीलाई आफ्नो हातमा लिएर भूमाफिया, दलालीहरुले सरकारी, सार्वजनिक जग्गा समेत आफ्नो नाममा दर्ता गराए । नेपालको धेरै भूभाग चीन र भारतले कब्जा गरिसक्यो। नौं दशकअघि मुलुकको जनसंख्या करोड पनि नरहेको बताइन्छ । त्यतिखेर देशके भूभाग धेरै थियो त जनसंख्या कम । तर, अहिले जनसंख्या दिनानु बढ्दो छ भने छिमेकी भनिने देशहरुले नै हाम्रो भूभाग कब्जा गरिरहेका छन् ।

भारत र चीनले कब्जा गरेर बाँकी रहेको आधा जमिन वनजंगल छन् । अनि आधामा घर र बाटो बनाइएको छ । अहिले देशभर नै खेतीयोग्य जमिन घट्दै गएको छ । यसले मुलुकमा भोकमारीको समेत समस्या निम्तिने देखिएको छ । उत्पादन गर्ने जमिन छैन अनि घर र बाटो त खान मिल्दैन नि । विदेशीले खाद्यान्न नपठाए हामी नेपाली भोकभोकै मर्नुपर्ने अवस्था छ ।

यता, खाद्यान्न पठाएपनि चर्को मूल्यका कारण गरिबहरु भोकै मर्नुपर्ने परिस्थिति सिर्जना भएको छ । अहिले व्यक्ति होस् या बैंक, वित्तिय संस्थाको लगानी घरजग्गामै छ । घर भाडामा लगाएर बसीबसी खान पाइन्छ भनेर मानिसहरुले आफुसँग भएको रकम र बैंक, वित्तिय संस्थाबाट समेत ऋण लिएर घर बनाए । तर, अहिले भाडामा बस्ने कोही नहुँदा उनीहरुको कन्तबिजोग भएको छ ।

घर भाडामा जाँदैन । बैंकको ब्याज बढ्दै गएको छ भने तिर्न पैसा छैन । घरधनीहरुको सोच थियो कि महँगोमा भाडामा लगाएर ठग्छौं । तर, कहाँ सधैं ठगिरहन मात्र पाइन्छ र । हिजो डेराबहालसँग प्रयोग नै नगरेको बत्ती, पानीको पनि पैसा असुले । इन्टरनेट, फोहोरको दोब्बर शुल्क लिए । अनि अहिले घरमा बस्ने कोही नभएपछि साबाब्याज तिर्न नसक्दा बैंकले दिनरात फोन गरेर दिनु पेन्सन दिएको छ ।

केही वर्षयता घरजग्गा कारोबारमा मन्दी छ । घर किन्ने कोही छैन भने बेच्ने सयौं । कोही किन्ने मान्छे भेटिहाले पनि आधाभन्दा कम मूल्यमा मात्र खरिद गर्न तयार हुन्छन् । अहिले घरधनीहरुलाई धेरै तनाव छ । एकातिर घर खाली छ, अर्कोतिर बैंकको ऋण बढ्दो । उनीहरुलाइे घरखर्च चलाउन समेत समस्या भइरहेको छ । ०७२ वैशाख १२ गते महाभूकम्प गयो । भूकम्पले ठुलो जनधनको क्षति गर्यो ।

विशेषगरी अग्ला र ठुला घर भूकम्पले भत्काएका थिए । त्यसपछि मानिसहरुले भन्न थाले, अब ठुला, अग्ला घर बनाउनुहुन्न र त्यसमा बस्नु पनि हुँदैन । नेपालमा पहिलो पटक ०७६ सालमा कोरोना महामारी भित्रियो । कोरोना भित्रिएसँगै ०७६ चैत ११ गते मुलुकभर लकडाउन गयो । केही महिनापश्चात् लकडाउन खोलिएपनि पुनः कोरोना फैलिएपछि ०७८ वैशाख १६ गते फेरि लकडाउन गरियो ।

कोरोनाको समयमा हात मिलाउनुहुन्न र सामाजिक दुरी कायम गर्नुपर्छ भनियो । सर्वसाधारण समेत कहीकतै जानुपरेमा मास्क अनिवार्य लगाउँन्थे । गत साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै विमान दुर्घटना भयो ।

उक्त दुर्घटनामा १८ जनाले ज्यान गुमाए । दुर्घटनासँगै एयरपोर्ट वरपर बस्ती बसाल्न नहुने वा एयरपोर्ट नै अन्त सार्नुपर्ने आवाज पनि उठ्यो । अहिले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धनको डिपो थानकोटमा छ । त्यहाँका बासिन्दाहरु डिपोमा आगलागी भएमा बस्ती नै सखाप हुने बताउँछन् । यही चिन्ताले उनीहरु रातभर समेत निदाउँदैनन् ।

यता, पेट्रोल पम्प, ग्याँस डिपो, वर्कशप, पार्टी प्यालेन्स वा नदी किनार वरपर घर भएकाहरु पनि अहिले त्रसित छन् । कुन बेला कुन दुर्घटना हुन्छ भनेर उनीहरु दिनरात नै चिन्तित हुन्छन् । यस्ता जोखिमपूर्ण क्षेत्र वरपरका घर किन्नुहुन्न र भाडामा पनि बस्नुहुन्न भनेर बजारमा बहस चलिसकेको छ । हिजो दलालीहरुले आफ्नो स्वार्थका लागि यस्तो ठाउँका जग्गा बेचे ।

मानिसहरुले घर बनाए । तर, अहिले दुर्घटना हुन थालेसँगै घरधनी र सर्वसाधारणकै आँखा खुलेको छ । अब उपत्यकाभित्र वा जिल्लाको सदरमुकाममा घरजग्गा किन्नुहुन्न भनेर पनि भन्न थालिसकिएको छ । किनकि जहाँ विकास भएको छ, त्यहाँ दलालीले आँखा लगाएर जोखिम निम्त्याएका छन् । अर्कोतिर यहाँको चर्को भाडा र महँगीका कारण पनि सर्वसाधारण पलायन भइरहेका छन् ।

कोही गाउँ फर्किएका छन् भने कोही विदेश पुगेका छन् । सरकारी तथ्यांकले नै वार्षिक २२ लाखबढी नेपाली युवा रोजगारीका लागि खाडीलगायत विभिन्न मुलुक जाने गरेको देखाउँछ । उता, उच्च शिक्षाका नाममा पनि लाखौं नेपाली विद्यार्थीहरु खबौं रकम लिएर अमेरिका, अस्ट्रेलियालगायत विकसित मुलुक पलायन भइरहेका छन् ।

प्रधानमन्त्री केपीशर्मा ओलीलाई कसरी नेपालीलाई विदेश पठाउने भन्नेमा मात्र चासो छ । अझ सर्वसाधारणलाई अल्मलाउन टिकटक पनि खोलिदिए । आफ्नो विरोध नगरोस् भनेर र कुसी जोगिरहोस् भनेर उनले टिकटक खोलेका छन । किनकि योसँगै बच्चादेखि बुढासम्मै टिकटकमा नै रमाउँछन् नि त । अर्थमन्त्री विष्णु पौडेल र राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई सेयर र गाडीमार्फत कसरी सर्वसाधारणलाई फसाउने र डुबाउने भनेर मात्र चासो छ ।

अहिले प्रधानमन्त्री ओली भन्छन्, ‘हामी सरकारमा आएसँगै अर्थतन्त्रमा धेरै सुधार आएको छ ।’ अर्थतन्त्र सुधारको बाटोमा रहेको भए किन विदेशीसँग २७ खर्ब ऋण लिएको ? फेरि कुन दिन हामीले विदेशीसँग ऋण नै लिएका छैनौं भनेर पनि भन्न बेर ल्याउँदैनन्, प्रधानमन्त्री ओली ।

प्रधानमन्त्री र अर्थमन्त्रीलाई बजारको अवस्थाबारे थाहा छैन । उनीहरुलाई सरकारी, सार्वजनिक सम्पत्तिको दुरुपयोग कसरी गर्ने र विदेशीसँग ऋण लिएर खान पाइन्छ कि पाइँदैन ? भन्ने मात्र चिन्ता छ । नेपालमा थुप्रै राम्रा व्यक्तित्वहरु परराष्ट्रमन्त्री भए। उनीहरु भारत भ्रमणमा जाँदा त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीले भेट्न समय दिएनन्।

तर, नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर तस्करी गरेको आरोप लागेकी परराष्ट्रमन्त्री डा. आरजुराणा देउवालाई भने मोदीले भेटे । आरजु जनताबाट चुनिएर आएकी पनि होइनन्।

जनताबाट चुनिएर आएकाहरु परराष्ट्रमन्त्री हुँदा भारत भ्रमणका क्रममा मोदीले भेटेनन्। अनि जनताबाट पनि नचुनिएकी र मानव तस्करीको समेत आरोप लागेकी आरजुलाई मोदीले भेटे । अब यसलाई के कसरी जनताले बुझ्ने ?