जनार्दनलाई प्रमुख प्रतिपक्षी दलको नेताको जिम्मेवारी दिन एमालेको प्रचण्डलाई सुझाव
काठमाडौं। सत्तारुढ नेकपा एमालेले प्रमुख प्रतिपक्षी दलको नेताको जिम्मेवारी भारी भए पार्टीका नेता जनार्दन शर्मालाई दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिएको छ।
एमाले सांसद रघुजी पन्तले मंगलवारको प्रतिनिधिसभामा प्रचण्डले गरेको सम्बोधनपछि यस्तो सुझाव दिएका हुन्।
प्रचण्डले प्रतिपक्षी दलको नेताको गरिमा कायम राख्न नसकेको आरोप पन्तले लगाए। उनले प्रधानमन्त्री छाड्दाको छटपटी र औडाहा संसदमा नदेखाउन प्रचण्डलाई सुझाव पनि दिए।
‘लोकतान्त्रिक संसदीय व्यवस्था रहेको मुलुकमा प्रतिपक्षी दलको नेताले १०० दिनसम्म रोष्ट्रममा उभिएर हत्तपत्त आलोचना गरिँदैन। उहाँले नजीर तोड्नु भयो। संविधान पढ्नुस्, प्रमुख प्रतिपक्षी दलको नेता दिएर या खोसेर पाउने होइन।
तपाईंको दलले पाएको हो, मन लाग्दैन भने सँगै बसेका जनार्दन शर्मालाई दिनुस् न’, उनले भने, ‘प्रधानमन्त्री छाड्दाको औडाहा र छटपटी किन देखाउनु पर्यो?