साफ यू–२० च्याम्पियनसीपको उपाधि बंगलादेशले जित्यो
काठमाडौं। साफ यू–२० च्याम्पियनसीपको उपाधि बंगलादेशले जितेको छ। सादोबाटोस्थित एन्फा कन्फ्लेक्समा भएको खेलमा घरेलु टोली नेपाललाई ४–१ ले पराजित गर्दै बंगलादेशले साफ यू–२० च्याम्पियनसीपको उपाधि जितेको हो।
बंगलादेशले खेलको पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै पहिलो अग्रता लिएको थियो। मिराजुल इस्लामले बंगलादेशका लागि पहिलो अग्रता दिलाएका थिए।
त्यसपछि ५५औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर र ७१औं मिनेटमा गोल गर्दै बंगलादेशले अग्रतालाई तेब्बर बनाएको थियो। दोस्रो गोल पनि इस्लामले नै गरेका थिए। दोस्रो हाफको इन्जुरी समयमा बंगलादेशले थप एक गोल गरेको थियो। नेपालका समिर स्याङताङले खेलको ८१औं मिनेटमा एक गोल फर्काएपनि जितका लागि प्रयाप्त भएन।