सुनको मूल्यमा नयाँ रेकर्ड,कतिमा हुँदैछ कारोबार ?
काठमाडौं। नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ। एकपछि अर्को रेकर्ड बनाउँदै आएको छापावाल सुनको मूल्य बिहीबारतोलामा १ लाख ५३ हजार २०० रुपैयाँ कायम भएको हो।
महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा १ लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। जुन मूल्य पनि कीर्तिमानीमूल्य भएकोमा बिहीबार पनि थप बढ्दै नयाँ रेकर्ड कायम भएको हो।
यस्तै चाँदीको मूल्य भने घटेको छ। बुधवार तोलामा १ हजार ८५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार १ हजार ८३०रुपैयाँमा कारोबार भएको हो।