सरकारले दुई तिहाइको दम्भ देखाए सडकमा आउँछौं: अध्यक्ष प्रचण्ड

फाइल तस्बिर

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले दुई तिहाइको दम्भ देखाइरहे सडकमा आउने चेतावनी दिएका छन्।

पार्टीको सुदूरपश्चिमस्तरीय परामर्श बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले यस्तो चेतावनी दिएका हुन्। उनले दुई तिहाइको घमण्ड नगर्न आग्रहसमेत गरे।

सरकारको सुरुवाती दिन हेर्दा राम्रो संकेत नदेखेपछि आफूले संसदबाट बंगलादेश र श्रीलंका सम्झिन उनले आग्रह गरे।अलि बढी गर्नुभयो भने सडकमा आउँछौं’, अध्यक्ष प्रचण्डले भने।

भ्रष्टाचार नियन्त्रण र सुशासनको पक्षमा आफ्नो नेतृत्वको सरकारले गरेको कामबारही नरोक्न उनले आग्रह गरे। उहाँहरुले २०७२ को संविधान हेर्दा जतासुकै माओवादी देख्नुहुन्छ’, प्रचण्डले भने, समावेशी भनेपनि माओवाादी, समानुपातिक भनेपनि माओवादी, दलित महिला मुस्लिम भनेपनि माओवादी, गणतन्त्र भनेपनि माओवादी भनेपनि कसरी माओवादीलाई ठीक गर्ने भन्ने परेको छ।