राष्ट्रपतिद्वारा टीआरसी विधेयक प्रमाणीकरण

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप (टीआरसी) विधेयक प्रमाणित गरेका छन्।

राष्ट्रपति पौडेलले बिहीबार नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गरेका हुन्। सङ्घीय संसद्का दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि राष्ट्रपतिसमक्ष सो विधेयक पेस भएको थियो।

यससँगै अब दुबै आयोगमा पदाधिकारी नियुक्तिका लागि बाटो खुलेको छ।