प्रधानमन्त्री दुईपटक र राष्ट्रपति एकपटक मात्रै बन्न पाउने प्रस्ताव पास हुन्छ: महामन्त्री शर्मा

काठमाडौं।नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दुईपटक मात्रै प्रधानमन्त्री बन्ने प्रश्ताव आइतबार बस्ने केन्द्रीय समितिको बैठकबाट पास हुने दाबी गरेका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले काँग्रेस केन्द्रीय समितिको बैठकमा आफूले एकपटक राष्ट्रपति र दुईपटक मात्रै प्रधानमन्त्री बन्न पाउने नीति प्रश्ताव गरेको बताए।

उनले आईतवार बस्ने केन्द्रिय समितिको बैठकले सो नीति साझा दृष्टिकोण र सहमतिबाट पास हुने बताए। प्रधानमन्त्री जतिसुकै लोकप्रिय बने पनि उसले दुईपटक भन्दा बढी बन्न नपाउने व्यवस्था हुनुपर्ने बताए।

उनले अहिले केही समस्या रहेको भए पनि त्यसलाई छलफलबाट सहमतिले पास गरेर जाने उल्लेख गरे। महामन्त्री शर्माले एकपटक राष्ट्रपति बन्न पाउने र दुईपटक मात्रै प्रधानमन्त्री बन्न पाउने दृष्टिकोण बनाएर जानसके भविष्यमा सबै राजनीतिक दलहरुलाई प्रभाव पार्ने बताए।

उनले सो दृष्टिकोण अहिले बन्न नसके संविधान संशोधनको समयमा उपयुक्त समयमा छलफल गर्नेगरी अघि बढाउने पनि बताए।

उनले भने, ‘काँग्रेसको अहिले १,२,३,४ भन्ने सुन्नुभएको होला। यो देशमा खालि प्रधानमन्त्री उनै उनै अनुहारहरु भइरहँदै गर्दा नागरिकलाई के चासो छ भने ताजाताजा नेतृत्व कहिले आउँछरु भन्ने चासो छ।

त्यसैले मैले एउटा पोलिसी प्रश्ताव गरेको छु। कुनैपनि राजनीतिक दलले कसैलाई पनि राष्ट्रपति बनाउँदा दुई पटक होइन,यो देशको राष्ट्रपति केवल एक पटक मात्रै बनेर शितलनिवासबाट बढा शितल शितल मुद्रामा बिदा भएर जानुपर्छ। महामन्त्री शर्माले रुपान्तरणका थुप्रै मुद्दाहरु अब उठाउान जरुरी रहेको बताए।