सिटिजन्स बैंक र सुबिसु केबल नेटबीच सम्झौता

काठमाडौं । सिटिजन्स बैंक र सुबिसु केबल नेटबीच विशेष छुट दिने प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ। सम्झौता अनुसार सिटिजन्स बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकले सुबिसु केबल नेटको नयाँ जडानमा विभिन्न आकर्षक छुट पाउनेछन् ।

ग्राहकले ३ सय केपीपीएस ब्यान्डविथ क्षमता भएको इन्टरनेट जडानको क्रममा १५ प्रतिशत साथै २ सय एमबीपीएस र ८० एमबीपीएस इन्टरनेट जडानको क्रममा ५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्।

सुबिसुबाट नयाँ इन्टरनेट जडान गर्न र लागू हुने छुटहरू प्राप्त गर्न ग्राहकहरूले बैंकको लिंक प्रयोग गरेर दर्ता गर्नुपर्नेछ। यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने बैंकले विश्वास लिएको छ।

बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ। डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ।