सिन्धुपाल्चोकमा भूकम्पको धक्का
काठमाडौं । आज बिहानै सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प गएको छ। सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर आज बिहान ६ः ११ मिनेट जाँदा ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको हो।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीले सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको जानकारी दिए।
यो भूकम्पको धक्का काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा समेत महशुस गरिएको छ। भूकम्पविद अधिकारीका अनुसार यो ०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पकै परकम्प हो।