पोस्ट उडाउने हैन, मलाई समाउ हैन भने दोषी समाउ: मेयर
काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले सरकारले नै आफूले सामाजिक सञ्जालमा राखेको स्टाटस उडाइदिएको आशय व्यक्त गरेका छन्।
बालेनले सामाजिक सञ्जालमार्फत् नै भनेका छन्, “पोस्ट उडाउने हैन, दोषी समाउ सरकार। म गलत हो भने मलाई समाउ, हैन भने दोषी समाउ।
यसअघि बालेनले राखेको एउटा स्टाटस सामाजिक सञ्जाल फेसबुकले हटाएपछि बालेनको यो आशय सहितको भनाई आएको हो।