प्रधानमन्त्री ओलीको फेसबुक पेज अनफलो अभियानमा बालेन समर्थक

काठमाडौं। काठमाडौं महानगरका मेयर बालेन साहका समर्थकहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘अनफलो’ गर्ने अभियान नै चलाएका छन्।

मंगलबार बालेनले आफ्नो फेसबुक स्टाटस सरकारले हटाइदिएको बताएपछि उनका समर्थकहरुले फेसबुकमा प्रधानमन्त्री ओलीलाई ‘अनफलो’ गर्ने अभियान नै चलाएका हुन्।

मंगलबार केपी शर्मा ओलीको पेजमा ६ लाख ६६ हजार फलोअर्स रहेकोमा बुधबार बिहान यो समाचार तयार पार्दासम्म ६ लाख १ हजार मात्र रहेका छन्।

बालेनले भदौ १६ गते एमालेकी प्रदेश सांसद रेखा शर्माले नाबालिकालाई घरेलु कामदार राखेर हिंसा गरेको दाबीसहित फेसबुकमा एउटा पोस्ट गरेका थिए।

सांसद शर्माको विषयमा कुनै कारबाही नभएको बताउँदै बालेनले प्रधानमन्त्री ओलीमाथि आक्रोश पोखेका थिए। सो पोष्ट हटेपछि शुरु भएको विवाद अब एक अर्काका पेज अनफलो गर्ने अभियानसम्म पुगेको हो।