आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं। संघीय संसदअन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। संसद् सचिवालयका अनुसार कानून, न्याय तथा मानवअधिकार समिति,शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति,विधायन व्यवस्थापन समिति,सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो।
शिक्षा,स्वास्थ्य तथा सूचना समितिको बैठक बिहान ११ बजे बस्दैछ। बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० माथि संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची छ।
यस्तै,कानून,न्याय तथा मानव अधिकार समितिको बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा छलफल हुनेछ। यो बैठक पनि बिहान ११ बजे नै बस्नेछ।
त्यस्तै,दिउँसो २ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्नेछ। बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि विज्ञसँग छलफल गर्ने कार्यसूची छ।
त्यसैगरी सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि दिउँसो २ बजे नै बस्नेछ बैठकमा आर्थिक वर्ष २०८०÷८१ को पाँचौँ वार्षिक प्रतिवेदनमाथि छलफल सङ्घीय संसद् सचिवालयले जनाएको छ।