राष्ट्र बैंकले बैंकहरूबाट ४० अर्ब तान्दै
काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ४० अर्ब रूपैयाँ तान्ने भएको छ।
राष्ट्र बैंकका अनुसार निक्षेप संकलन उपकरणको प्रयोग गर्दै २१ दिनका लागि ४० अर्ब रुपैयाँ प्रणालीबाट तान्न लागेको हो।
यसअघि भदौ १२ गते पनि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत् ४० अर्ब रुपैयाँ उठाएको थियो।
आज बुधबार बजारबाट उठाउन लागेको रकमको औसत ब्याजदर २.९९ प्रतिशत रहने राष्ट्र बैंकले जनाएको हो।