प्रथम स्याउ महोत्सवको आयोजना काठमाडौंमा हुँदै
काठमाडाैं। नेपालमा पहिलाे पटक स्याउ महाेत्सव काठमाडाैंमा आयोजना हुने भएकाे छ। प्रथम नेपाल स्याउ महोत्सव-२०८१ तीजदेखि अंग्रेजी नयाँवर्षसम्म काठमाडौंमा हुने अमृत शाहीले बताएका छन्। रोयल इभेन्टस नेपाल र अल नेपाल फार्मको संयुक्त आयोजनामा स्याउ महोत्सव हुने भएकाे हाे।
नेपाली स्याउको नेपाली बजारमा खपत बढाउन स्याउ महाेत्सवकाे आयोजना गरिन लागिएकाे आयोजककाे भनाइ रहेकाे छ। नेपाली किसानलाई प्रोत्साहित गर्नु र उपभोक्तालाई विषादीरहित अर्गानिक स्याउको पहुँचमा पुर्याउन महाेत्सवकाे प्रमुख उद्देश्य रहेको आयोजकले जनाएको छ।
जुम्ला,मुस्ताङ र बाजुराका १०० वटा भन्दा बढी पालिकाका किसानहरुबाट स्याउ ल्याएर काठमाडाैंमा महोत्सवको आयोजना गर्न लागिएको हो। यी जिल्लामा उत्पादित स्याउलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरसम्म चिनाउन स्याउ महत्सोब गर्न लागिएको शाहीले बताए।
उनले भने नेपालका दुर्गम जिल्लामा स्याउ उत्पादन भएपनि यातायात र बजारी करणकाे सुविधा नहुँदा किसानले उत्पादन गरेकाे स्याउ बारिमै कुहिने गरेकाे छ। त्यसलाइ केही व्यवस्थित बनाउन सकिन्छकी भनेर महाेत्सवकाे आयोजना गर्न लागिएकाे र निराश भएका किसानलाइ उत्साहित बनाएर थप स्याउ उत्पादन गर्न उत्साह भर्ने मुख्य उद्देश्य रहेकाे बताए।
स्थानीय सरकारले आयोजकसँग गुणस्तर स्याउ पठाउन समन्वय र सहयोग गरेमा १० लाख सम्म उत्कृष्ट फार्म गर्ने किसानलाई पुरुस्कृत गरिने समेत घोषणा गरिएको छ।